Trending
  • चर्चित थारु गयिका श्रीको “तुहार फिगर“ आउँदै, चवन्नी मुस्किभन्दा हिट हुने दावी - Butwal Online

    बाँके–१५, जेष्ठ
    छोटो समयमा चर्चित बनेकी थारु गयिका तथा मोडेल श्रीदेवीको अर्को नयाँ आईटम गित “तुहार फिगर” सार्वजनिक हुने भएको छ । गायिका “श्री र आधुनिक गायक अनिल चौधरीको स्वरमा रहेको आईटम गित “तुहार फिगर”को मंगलबार सुटिङ्ग सकिएको छ ।



    गायिका श्रीले मंगलबार सुटिङ्ग सकिएको र केहि दिनभित्र सार्वजनिक हुने जानकारी दिइन । कैलालीको टिकापुर पार्क लगायतका प्रसिद्ध स्थानहरुमा छायाँकन गरिएको यस गितको भिडियोमा गायिका “श्रीदेवी थारु मोडेल कलाकारको भुमिकामा देखिएकी छन भने मोडेल अर्जुन रियान कुश्मीले उनलाई साथ दिएका छन् ।

    श्रीको डान्स बिटमा रहेको पहिलो गित चवन्नी मुस्किले थारु कला क्षेत्रमा नयाँपन ल्याएर राम्रै स्थान बनाउन सफल भएको छ । त्यो भन्दा यो गित झनै राम्रो रहेकाले दर्शक श्रोताले माया गर्ने श्रीको भनाई छ । श्रीकै स्वरमा सजिएको डान्स बिट बैश केकर लागले पनि राम्रो स्थान बनाएको छ भने साली भातु, मोडेल वाली लगायतका गित चर्चामा छन् । गित सुधराम दहितको निर्देशन रहेको गितको अनिल चौधरीले शब्द, सङगीत दिएका छन भने गणेश चौधरीले गितलाई जोडेका छन ।

    डान्स बिटमा रहेको यो गितले बजार तहलका मच्चाउने गायिका श्रीले दावी गरिन । छायाँकर रहेका शतिस सिन्हाले यश म्युजिक भिडियोको सम्पादन छन् । निर्माताका अनुसार जेष्ठ २० गतेभित्र सिएस फिल्मस युटुयूव च्यानलबाट म्युजिक भिडियो सार्वजनिक हुने हो । बाँकेको पेडारी घर भएकी श्रीले कलाक्षेत्रमा छोटो समयमा दर्शक श्रोतामाझ आफुलाई गायिका तथा मोडेको रुपमा प्रस्तुत गर्न सफल भएकी छन् ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार