रेसुङ्गा बहुमुखी क्याम्पसले पायो क्वि.ए.ए. प्रमाणपत्र - Butwal Online
रेसुङ्गा बहुमुखी क्याम्पसले पायो क्वि.ए.ए. प्रमाणपत्र

गुल्मी,१५ जेठ 

रेसुङ्गा बहुमुखी क्याम्पस, रेसुगां नगरपालिका गुल्मीले गुणस्तर निश्चित मान्यता (क्वि.ए.ए.) प्रमाणपत्र प्राप्त गरेको छ । विश्व विद्यालय अनुदान आयोगको जेठ ४ गते काठमाडौमा बसेको बैठकले रेसुङ्गा बहुमुखी क्याम्पसलाई क्वि.ए.ए. प्रमाणपत्र दिने निर्णय गरेको हो ।

क्याम्पसले २०७१ साल असौजमा उक्त प्रमाणपत्रको लागि विश्व विद्यालय अनुदान आयोगसँग सम्झौता गरेको थियो । जसअन्तगरत क्याम्पसको आन्तरिक प्रशासनमा सुधार, पूर्व विद्यार्थी मञ्चको गठन, क्याम्पसमा विभिन्न क्लवहरुको गठन तथा विद्यार्थीका गतिविधिहरुलाई सक्रिय बनाइएको थियो ।

त्यसैगरि क्याम्पका विभिन्न विभागहरुको थप सुधार र गठन, बैठक कक्ष, लाइब्रेरीमा थप पुस्तक, क्यान्टिनमा सुधार, संचालक समितिका नियमित बैठक, क्याम्पसमा भौतिक सुधार, सिसि क्यामरा जडान लगायतका कार्य गरिएको क्याम्पस संचालन समिति कोषाध्यक्ष धर्म विश्वकर्माले जानकारी दिए ।
क्याम्पसले गरेको ती कार्यहरु अनुगमन गर्नको लागि पूर्व अवलोकन समुह संयोजक डा. जयराज आवस्थीको नेतृत्वमा आएको समुहले चैत १९ देखि २३ सम्म क्याम्पसमा अनुगमन गरेको थियो । उक्त समुहले चार दिनको समयमा क्याम्पसका विद्यार्थी, पूर्व विद्यार्थी, क्याम्पसका प्रध्यापक, कर्मचारी, संचालक समिति, समुदाय तथा क्याम्पससँग सरोकार राख्ने पक्षहरुसँग छलफल गरेको थियो ।

चार दिनको अवधिमा झण्डै १५ वटा बैठक तथा कार्यक्रममा उक्त समुहले गरेको क्याम्पसका सहायक क्याम्पस प्रमुख रामप्रसाद खनालले जानकारी दिए । त्यसरी गरिएको छलफल तथा अनुमनपछि क्याम्पसको शैक्षिक तथा भौतिक पक्षलाई आधार मान्दै विश्व विद्यालय अनुदान आयोगले रेसुङ्गा बहुमुखी क्याम्पसलाई क्विएए प्रमाणपत्र दिने निर्णय गरेको सहायक क्याम्पस प्रमुख खनालले जानकारी दिए ।

के हो क्उिएए ? के छ यसको फाइदा ?
त्तब्ब् अन्तराष्ट्रिय मान्यता प्राप्त सर्टिफिकेट हो । जुन विद्यार्थीले प्राप्त गर्नेछन् । यसलाई गुणस्तर सुनिश्चित मान्यता अर्थात त्तगबष्तिथ ब्ककगचबलअभ बलम ब्अअचभमष्बतष्यल भनिन्छ । क्याम्पसलाई प्राप्त भएको प्रमाणपत्र विद्यार्थीको शैक्षिक प्रमाणपत्रमा उल्लेख गरिनेछ ।

अर्थात अब रेसुङ्गा बहुमुखी क्याम्पसबाट उत्तिर्ण हुने प्रत्येक विद्यार्थीले अन्तराष्ट्रिय स्तरको सर्टिफिकेट प्राप्त गर्नेछन् । १२ गते क्याम्पसलाई प्राप्त उक्त प्रमाणपत्रको अर्थ रेसुङ्गा बहुमुखी क्याम्पसमा अन्तराष्ट्रिय मापदण्डअनुसारको शिक्षा प्राप्त हुन्छ भन्ने कुरा जनाउनु रहेको अर्का सहायक क्याम्पस प्रमुख गोविन्द गौतमले जानकारी दिए । यसबाट क्याम्पसलाई पनि धेरै पक्षहरुमा फाइदा पुग्नेछ । क्याम्पसको शैक्षिक क्रियाकलापहरुमा थप गुणस्तरियता हुने, विद्यार्थीहरुको उत्तिर्ण दर अपेक्षित रुपमा बढ्ने, प्राध्यापक तथा कर्मचारीहरुमा बृद्धि विकासका अवसरहरु बढ्ने तथा थप अनुसन्धानमा सहयोग पुग्ने गौतमले जानकारी दिए ।

के छ क्याम्पसलाई फाइदा ?
क्विएएको सम्बन्धन पाइसकेपछि आर्थिक रुपले क्याम्पसलाई पनि फाइदा भएको छ । एक जना विद्यार्थी उत्तिण भएबापत ८० हजार क्याम्पसलाई प्राप्त हुने क्याम्पसले जनाएको छ । अहिले सन् २०१७ को उत्र्तिण दरलाई आधार मानिएको छ । ०१७ मा कुल एक सय ५७ विद्यार्थी उत्तिर्ण भएका छन् । त्यस्तै विश्व विद्यालय अनुदान आयोगले कुल पाचँ करोडसम्मको भौतिक संरचना निर्माणको लागि पनि रकम प्रदान गर्ने छ । जसमध्ये एक करोड ६५ लाख क्याम्पसले बाँकि तीन करोड ३५ लाख आयोगले बेहोर्ने क्याम्पस प्रमुख हरी बहादुर खत्रीले जानकारी दिए ।

पाचँ बर्षको लागि क्वि.ए.ए.
यसरी प्राप्त भएको प्रमाणपत्र भने पाचँ बर्षको लागि हुनेछ । पाचँ बर्षपछि यसलाई पुन अहिलेकै अवस्थाबाट विश्व विद्यालय अनुदान आयोगबाट नविकरण गर्नुपर्ने क्याम्पस संचालक समिति अध्यक्ष शालिक पन्थीले जानकारी दिए । त्यसका साथै उनले यस प्रमाणपत्रलाई दीगो रुपमा राखिरहनु थप चुनौतिको बिषय भएको भन्दै यसमा सबैको सहयोग आवश्यक रहकेो समेत उल्लेख गरे ।

विद्यार्थीमा उत्साह, बजारमा ¥र्याली
क्याम्पसले क्विएए प्रमाण पत्र प्राप्त गरिसकेपछि क्याम्पस परिवार तथा विद्यार्थीहरुमा उत्साह छाएको छ । खुसियालीको अवसरमा बुधबार ¥याली समेत निकालिएको छ । क्याम्पसबाट निकालिएको ¥र्याली साहुटोल, उदिनढुङ्गा, मिलनचोक, पुतलिबजार, लाकुरीमञ्च हुदैँ पुन क्याम्पसमा गई कोण सभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले क्याम्पसले क्विएए प्रमाण पाएसँगै ऋण खोजि पढ्नकै लागि अन्यत्र जानुनपर्ने अवस्थाको सिर्जना भएको बताए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार