त्रिभुवन युनाइटेडमा विद्यार्थीको दाँत परीक्षण - Butwal Online
त्रिभुवन युनाइटेडमा विद्यार्थीको दाँत परीक्षण

बुटवल, जेठ १६ 

बुटवल–७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीमा बिहीबार विद्यार्थीहरूको निःशुल्क दन्त परीक्षण गरिएको छ । नर्सरीदेखि कक्षा १० सम्मका ६ सय २० जना विद्यार्थीहरूको दाँत परीक्षण गरी आवश्यक उपचार समेत गरिएको छ । दन्त परीक्षण बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चल्ने विद्यालयका सह– प्राचार्य रामचन्द्र बस्यालले जानकारी दिए ।


लर्ड बुद्ध डेन्टर क्लिनिक बुटवल–८ सुख्खानगर (मुटु अस्पताल अगाडि) को प्राविधिक सहयोगमा परीक्षण कार्यक्रम राखिएको हो । विद्यालयले समय÷समयमा विद्यार्थीहरूको स्वास्थ्य चेकजाँच गर्दै आइरहेको छ ।

सो अवसरमा डाक्टहरु तिर्थनारायण शाह, रसना श्रेष्ठ, भगवती केसी, दिनेश दर्नाल र अमृता यादवले परीक्षण गरेका थिए । सो अवसरमा विद्यार्थीहरुको दात फुकाल्नु परेमा र आरसिटी गर्दा क्लिनिकले २५ प्रतिशत छुटको व्यवस्था समेत गरेको छ । शुक्रबार अभिभावकहरु पनि दात परिक्षण गरिने छ । कार्यक्रममा विद्यालयका प्राचार्य शंकर थापा, शिक्षकहरु वर्षा आले, पंकज कानु, भोजराज न्यौपाने र खिमबहादुर पाण्डे लगायतले बोलेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार