खुशी के हो ? - Butwal Online
खुशी के हो ?

रमेश पराजुली 
बुटवल, १७ जेठ । संसारका सबै मानिसहरूले खुशी खोजीरहेका हुन्छन् । खुशी रहनु सबै मानिसको जन्मजात स्वभाव हुन्छ यसमा कसैको दुई मत छैन । तर पनि हामी चाहँदा चाहँदै सधैँ खुशी भएर बाँच्न सक्दैनौँ । हामीलाई कतै न कतैबाट कुनै न कुनै समस्याले च्यापेको हुन्छ । एउटा सानो बच्चा सधैँ कसरी खुशी रहन्छ ? किनकी हामी भन्छौँ, बालापन मानिसका जीवनका सबैभन्दा राम्रा दिन हुन् । हामी जन्मिँदा त खुशी जन्मिन्छौँ तर हामी ठूलो हुँदै जान्छौँ नि हामीलाई सबै तिरबाट समस्याले घेर्न थाल्छन अनि कसरि खुशी हुनु ?

एउटा सानो बच्चाले मिठो खानेकुरा, नयाँ कपडा पायो भने खुशी हुन सक्छ । बेरोजगार युवाले रोजगार पायो भने खुशी हुन सक्छ । एउटा गरिब जसले दैनिक मागेर जिबन गुजारिरहेको छ भने उसले अलि धेरै पैसा पायो भने खुशी हुन सक्छ । आफ्नो घर परिवार र स्वर्ग जस्तो जन्मभुमी छोडेर २/४ पैसा कमाउने सपना बोकेर विदेशिएको युवा स्वदेश फर्किदा र घर परिवारलाई भेट्दा खुशी हुन सक्छ । वर्षौं देखि छुट्टिएर टाढा गएका आफ्ना सन्तानहरु संग भेट हुन पाउँदा एउटी आमा खुशी हुन सक्छिन । आदि आदि ।

जीवित जीवनको चरम आनन्द, प्रफुल्लित क्षेण, अनुहारमा कान्ति र मनमा शान्तिसहितको अन्तीम विन्दु खुशी हो। यहाँ सुखलाई आशक्त प्राथमिकता दिन थालिएको छ । यो गलत छ सुखसँग सम्पति जोडिन्छ । खुशीसँग आनन्द, निश्चिन्त, शान्ति जोडिन्छ। बरु यति मान्न सकिन्छ, सुख खुशीको एक पंति हो। हामी जीवनको कुनै पनि मोडमा हुन सक्छौँ तर जुन अवस्थामा भए पनि आफुलाई बलियो र शशक्त पार्नको लागि खुशी आवश्यक पर्छ । हामीलाई आइपर्ने विभिन्न समस्याहरुबाट हामी धेरै विचलित र चिन्तित हुन्छौं । तर आफुलाई फुर्तिलो बनाउनको लागि खुशी अत्यावश्यक हुन्छ । खुशी हुन सक्यौँ भने जटिल समस्याहरु पनि सहजै पार लगाउन सकिन्छ ।

अमेरीकी एक लेखिका एलिजाबेथ गिलबर्टको सबैभन्दा धेरै विक्री भएको किताब ईट, प्रे, लवमा लेखिएकोे छ कि खुशीहरु मानिसको आफ्नो कोशिसको नतिजा हो । त्यसैले अरु सबै प्रयासको साँटो एउटै कोशिसको मन्त्रले मानिसलाई खुशी राख्न सक्दछ । मानिसको लागि एउटा खुशीको लागि धेरै भड्किनु पर्छ । तर, बल्ल बल्ल भेटिएको खुशी पनि लामो समयसम्म जोगाईराख्नको लागि मानिसलाई समस्या पर्दछ । जसले मानिस बेचैन हुन थाल्दछ ।

एउटा नयाँ रिसर्च भन्छ कि खुशीहरुको लागि मेहनत केही हदसम्म मात्रै काम गर्छ । मेहनत गर्दापनि यदि खुशी मिलेन भने मानिस एक्लोपन र तनावको शिकार बन्न सक्छ । एउटा सफल मानिस खुशी र उदासीको फरक पाउनै भुल्न थाल्दछ । तर, खुशी भनेको एक स्वतन्त्र पंक्षी जस्तै हो । जसलाई जति पक्रिन खोज्यो उति नै उड्न थाल्छ । त्यसैले खुशीको पछि भाग्ने होईन । खुशीलाई बोलाउने कोशिस गर्नुपर्छ । मनोवैज्ञानिक आईरिस मासका अनुसार पछिल्लो एक दशकमा अमरीकामा यस्तो धेरै किताबहरु लेखिएका छन् । जसमा खुशीको पहिभाषा दिँदै खुशी हुने तरिका बताईएको छ । यी किताबहरुमा स्वयं खुशी राख्ने तरिका त बताईएको छ । तर, यदि कोशिस गर्दा गर्दै पनि खुशी मिलेन भने के गर्ने भन्ने बारे भने बताईएको छैन ।

प्रोफेसर मासले माया तामिर तथा निकोल सविनोका साथ मिलेर एक रिसर्च गरेका थिए । उनीहरुले सहभागीहरुलाई धेरै प्रश्न सोधेका थिए भने केही प्राक्टिकल समेत गराएका थिए । तर, नतीजा धेरै उल्टोपुल्टो आयो । अर्थात् उनीहरुको रिसर्चका अनुसार मुस्किल अवस्थामा खुशीको जरुरत महसुस नै नहुने उनीहरुले पाए । जब दिल र दिमाग शान्त हुन्छ । त्यही बेलामामात्रै धेरै खुशीको जरुरत हुन्छ । त्यसैले खुशीको लागि एउटै सूत्र हो कोशिस । कोशिस गरेर सफलता पाएपछि मात्रै मानिस खुशी हुन सक्छ । होईन भने धन सम्पत्ति र अरु मोज मस्तिले मात्रै मानिस खुशी नहुनेकुरा अध्ययनले प्रमाणित गरिसकेको विषय हो ।

अस्वस्थ्य भएपछि आफुलाई खुशी राख्न असम्भव हुन्छ । आफ्नो शरीरलाई मानसिक एवम् शारिरिक रुपमा तन्दुरुस्त राख्न सक्यौँ भने हाम्रो शरीर अस्वस्थ हुने सम्भावना रहँदैन । हामी स्वस्थ भएपछि हामीलाई काम गरेर पनि अधिक सन्तोष र खुशी मिल्छ । हामीहरु कामको व्यस्ततामा धेरै कुराहरुलाई समय दिन सक्दैनौ । आफुलाई मन लागेको कुराहरु समय अभावले गर्न पाउँदैनौ । तर यस्ता साना कुराहरुले नै हामीलाई खुशी राख्न मद्दत गर्दछ । आफ्नो रुचीलाई ध्यान राखेर समय निकाल्ने र रुचीका कामहरु गर्ने हो भने पनि हामीलाई धेरै खुशी मिल्ने गर्छ ।

हामीहरु आफुलाई खुशी नदिने कुरालाई धेरै महत्वपुर्ण मान्छौँ । हामीलाई धेरै तनाव दिने कामहरुलाई मात्रै महत्वपुर्ण ठान्ने गर्छौ । तर हामी आफुलाई नै खुशी दिन कामलाई त्यति वास्ता गर्दैनौ । हाम्रो खुशीहरु त्यत्तिकै सकिएर जान्छ । हामीले आफ्नो जीवनलाई खुशी राख्न आफ्नो प्राथमिकता के हो ? त्यस्लाई जोड दिनुपर्छ । पारिवारिक र व्यावहारिक त आफ्नो ठाउँमा भइनै हाल्छ तर हामीले पछि सम्म आफु खुशी बन्नु छ भने आफ्नो जीवनको प्राथमिकतामा जोड दिन आवश्यक छ । एजेन्सीको सहयोगमा 

यो पनि पढ्नुहोस

पहाडको गाउँमा जन्मिएकी मेरी “आमा”

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार