Trending
  • कार बम विस्फोटनमा परी ८ जनाको मृत्यु - Butwal Online
    कार बम विस्फोटनमा परी ८ जनाको मृत्यु

    अफगानिस्तान, १९ जेठ – प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटनमा परी अफगानिस्तानमा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।



    फाइल तस्बिर

    देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । स्थानीय समय अनुसार शनिबार बेलुका ९.५० बजे विस्फोट भएको थियो । उनीहरुले सैनिकको गाडी नियन्त्रणमा लिएर त्यसमा विस्फोटक पदार्थ जडान गरेको अधिकारीहरुले जनाएका छन् ।

    विस्फोटन गराइएको इस्फान्डीस्थित प्रहरी कार्यालय प्रान्तीय राजधानी घाज्नीदेखि झण्डै ६ किलोमिटर टाढा पर्दछ । घटनामा परी घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको प्रान्तीय प्रहरी प्रवक्ता अदाम खान सिरातले जानकारी दिए ।

    दुर्भाग्यबस आठ जना प्रहरी अधिकारीहरु मारिएका छन् र अरु सात जना घाइते भएका छन् । विष्फोटनमा प्रयोग गरिएको सवारी साधन र लक्षित प्रहरी कार्यालय पनि क्षति भएको छ, खानले बताए ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार