Trending
  • कपिलवस्तुमा पहिलोपटक काठमाण्डौका ‘एक्सपोर्ट’द्धारा लोक सेवा तयारी कक्षा - Butwal Online

    कपिलवस्तु, १९ जेष्ठ 

    कपिलवस्तुमा पहिलोपटक कपिलवस्तु बाहिरका विशिष्ट निजामति कर्मचारीको संलग्नतामा लोक सेवा आयोगका तयारी कक्षाहरु संचालन हुने भएका छन् । बाणगंगा चार जितपुरमा रहेको माउण्ट एभरेष्ट एजुकेशनल जोन (म्याज कन्सलटेन्सी प्रालि) ले राजधानीका निजामति विशिष्ट व्यक्तिहरुद्धारा तयारी कक्षा संचालनमा ल्याएको हो ।



    पछिल्लो समय धेरै पढेलेखेका विद्यार्थीमा लोक सेवाप्रति आकर्षण रहे पनि गुणस्तरीय तयारी कक्षाको लागि बुटवल र काठमाण्डौँ धाउनु पर्ने बाध्यता रहेका कारण त्यसलाई चिर्न आफूले राजधानीका विशिष्ट निजामति विषय विशेषज्ञहरुलाई भित्राएर कक्षा संचालन गर्न लागेको माउण्ट एभरेष्टका प्रबन्धक माधव बञ्जाडेले बताउनुभयो । यो जिल्लामै पहिलो पटक भएको उहाँको दाबी छ ।

    भर्खर मात्र लोक सेवा आयोगले स्थानीय तहको लागि भन्दै ९ हजार बढी निजामति कर्मचारी माग गरेको छ । यति धेरै कर्मचारी माग भइरहँदा कपिलवस्तु, अर्घाखाँची र आसपासका जिल्लामा उचित मार्ग दर्शन दिने संस्था नरहेका कारण आफूहरुले जोखिम मोलेरै राजधानीबाट एक्सपर्ट मगाएर गुणस्तरीय तयारी कक्षा सुरु गरेको बञ्जाडेले बताउनु भयो । उहाका अनुसार जम्मा १ महिना तयारी गर्ने समय रहेका कारण जेठ २३ गते विहिबार अधिकृत र उप-सचिवहरुको संलग्नतामा अभिमुखीकरण कार्यक्रम गरी अर्को दिनबाट कक्षा सुरु गरिने छ ।

    लोक सेवा आयोगले गरेको विज्ञापन अनुसार शाखा अधिकृत, नायब सुब्बा, खरिदार, महिला विकास अधिकृत, महिला नीरिक्षक र स्वास्थ्यका बिभिन्न पदमा विषय विशेषद्धारा अध्यापन गरिने अर्का संचालक महेश पन्थले बताउनु भएको छ । तयारी कक्षामा वस्तुगत तथा विषयगत प्रश्नहरुमाथि राजधानी काठमाण्डौँका प्रतिष्ठित संस्थामा लोक सेवा पढाएर हजारौँलाई सरकारी जागिर दिलाउन सफल उपसचिवसम्मका निजामती कर्मचारीहरुले अध्यापन गराउने छन् ।

    उनीहरुले स्थानीय तह विशेष कक्षा अन्तर्गत शाखा अधिकृत तह ६, नायव सुब्बा तह ५, खरिदार तह ४, महिला विकास अधिकृत तह ६, निरिक्षक तह ४ र ५ संगै स्वास्थय सेवाका बिभिन्न पदहरुमा विशेष कक्षा संचालन गर्ने जनाइएको छ । बुटवल र काठमाण्डौँ धाउँदा अनावश्यक पैसा र समय खर्च हुने भएको हुँदा यसपटक आफूहरुलाई विश्वास गर्न पन्थको आग्रह छ ।

    यसअघि ब्रिज कोर्ष , ट्यूसन र भाषा कक्षामा राम्रो नतिजा दिएर कैयौँ विद्यार्थीको भविष्य बनेकाले यसपटक पनि लोक सेवा तयारी कक्षा संचालनपछि केहीलाई सरकारी जागिर खुवाएरै छोड्ने बञ्जाडेको दाबी छ । यो जिल्लामै पहिलोपटक भएकाले मौकोको फाइदा उठाउनपन्थले अनुरोध गर्नुभयो ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार