गुल्मीमा ट्रयाक्टर दुर्घटना, १ जनाको मृत्यु २ घाइते - Butwal Online
गुल्मीमा ट्रयाक्टर दुर्घटना, १ जनाको मृत्यु २ घाइते

२१ जेठ, गुल्मी । जिल्लाको रेसुङ्गा नगरपालिका–७  लसुनडाँडामा गएराति ट्रयाक्ट दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परि २ जना घाइते भएका छन् ।

छल्दीबाट चेक्मीतर्फ पानी लिएर जाँदै गरेको लु २ त ३३९३ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टरमा सवार मदाने गाउँपालिका–६ का २१ वर्षीय मधु नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए ।

मदाने गाउँपालिका–६ का १६ वर्षीय अभी कुँवर र धुर्कोट गाउँपालिका–२ का १८ वर्षीय नीरज महत घाइते भएका छन् । प्रहरीका अनुसार, उनीहरुको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ र अवस्था सामान्य छ ।

यो पनि पढ्नुहोस 

पोर्चुगलमा सडक दुर्घटनामा परी गुल्मीका रिजालको निधन

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार