Trending
  • बुटवल उपमहानगरको भत्ता खर्च मात्रै १० महिनामा ३८ लाख बढि - Butwal Online

    बुटवल, २१ जेठ 

    चालु आर्थिक बर्षको १० महिनामा बुटवल उपमहानगरपालिकामा ३७ लाख रुपैया भन्दा बढि रकम भत्तामा खर्च भएको छ । असार देखि बैशाख मसान्त सम्म जनप्रतिनिधी एवं विभिन्न समितिहरुको बैठक भत्ता मात्र ३८ लाख रुपैया खर्च भएको हो । यो खर्च चालु आर्थिक बर्षको मसान्त सम्म अझ बढ्नेछ ।




    बुटवल उपमहानगरपालिकाले नीतिगत रुपमै भत्ता उपलब्ध गराउने निर्णय अनुरुपनै बैठक भत्तामा लाखौ रुपैया बार्षिक खर्च हुँदै आएको छ । बैठक भत्ता कर्मचारीले समेत पाउने गरेका छन् । वडा समितिको बैठक, विभिन्न समिति, उपसमिति, मुल्याङक, राजश्व परार्मश समिति, खरिद ईकाई लगाएका समितिहरुको बैठक भत्तामा १० महिनामा ३८ लाख ७ हजार रुपैया भत्तामा खर्च भएको हो । त्यस बाहेक नगरसभा बैठकको २० लाख भत्ता रकम मध्ये ४ लाख ८ हजार रुपैया पनि १० महिनामा खर्च भइसकेको बुटवल उपमहानगरपालिकाका सूचना अधिकारी लेखनाथ पोखरेलले जानाकारी दिए ।

    उपमहानगरपालिकाले बनाएको ऐन अनुसार एउटा वडाको बढिमा ३ पटक सम्म बैठक बसेको भत्ता पाउने कानुनी प्रावधान छ । ६ सदस्यीय समिति रहने वडामा एउटा बैठकमा प्रति व्यक्ति १ हजारका दरले बैठक भत्ता दिईदै आइएको छ । यसरी हेर्दा एउटा वडामा महिनाको ३ पटक बैठक बस्दा बार्षिक २ लाख १६ हजार रुपैया भत्तामा खर्च हुने गरेको छ । १९ वटा वडा रहेको बुटवल उपमहानगरपालिकामा बार्षिक ४१ लाख ४ हजार रुपैया भत्तामा रकम खर्च हुँदै आएको छ ।

    चालु आर्थिक बर्षको १० महिनामा मात्र २८ लाख १९ हजार रुपैया खर्च भइसकेको छ । त्यस बाहेक विभिन्न समिति उपसमितिका लागि उपमहानगरपालिकाले २५ लाख रुपैया बजेट छुटाएको छ । जस मध्ये चालु आर्थिक बर्षको १० महिनामा ९ लाख ८८ हजार रुपैया खर्च भइसकेको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार