कपिलवस्तुमा मलामी बोकेको बस दुर्घटना, २८ घाइते ३ को अवस्था गम्भीर - Butwal Online

कपिलवस्तु,२२ जेठ 

कपिलवस्तुमा मलामी बोकेको बस दुर्घटना हुदा २८ जना घाइते भएका छन् । घाइते मध्य ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।

आज अपहन ४ बजे मायादेवी गाउपालिकाको पकडीबाट भैरहवा तर्फ जादै गरेको लु १ ख ७०५२ नम्बरको सिद्धार्थ यातायातको मलामी बोकेको बस दुर्घटना भएको हो ।

बसको पछाडीको चक्का माटोको ढिस्कोमा लाग्दा बस अनियन्त्रीत भइ दुर्घटना भइको खुलेको छ । दुर्घटनामा गम्भीर घाइते ३ जनालाई उपचारको लागि भैरहवा लगिएको छ भन्य अन्य सामान्य घाइतेको स्थानिय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

बसका चालकको पनि उपचार भैरहेको छ । बस अहिले घटना स्थलमा छ भने घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार