जनताका माझमा पुग्दै तरुण दल कपिलवस्तु र नेविसंघ छेत्र नं.-१ - Butwal Online

कपिलवस्तु,२२ जेठ 

नेपाल तरुण दल जिल्ला कार्यसमिति र नेपाल विधार्थी संघ छेत्र नं.-१ कपिलवस्तुले अग्निपिडितलाई अत्यावश्यक चाहिने सामाग्री हरुको बितरण गरेको छ।

कपिलवस्तु जिल्ला स्थित बाणगङ्गा नगरपालिका वडा नं.-१० भावपुरमा यहि २० गते सोमबार भएको आगलागी बाट घर गोठ सम्पुर्ण जलेर नस्ट भएकी पीडित चन्दा परियारको परिवारलाई अत्यावश्यक पर्ने डसना,सिरानी, त्रीपाल र चामल त्यसैगरी त्यस घरबाट विधालय अध्ययन गर्ने बालबालिकाका लागि कपि र कलम बितरण गरेको छ।

आज एक कार्यक्रमका बिच नेपाल तरुण दल कपिलवस्तुका अध्यक्ष शक्ति सिंह ठकुरि ज्यु त्यसैगरी जनप्रतिनिधि वडा सदस्यहरु रामनछ्यत्र चौधरी, दिलमाया थापा,बिन्दु बि.क.ज्युको नेतृत्वमा नेविसंघ छेत्र नं.-१, तरुण दल छेत्र नं.-१ द्वारा पिडित परिवारलाई सो सामाग्री हस्तान्तरण गरिएको छ l

सो कार्यक्रममा नेपाल तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरि,नेविसंघ छेत्र नं.-१ का सभापति चन्द्रकान्त पोख्रेल,तरुण दलका तिलक थापा,जनप्रतिनिधि वडा सदस्यहरु रामनछ्यत्र चौधरी, दिलमाया थापा,बिन्दु बि.क. त्यसैगरी विधार्थी नेता मीन थापा,समाजसेवी कृष्ण केसि,मुकेश खनाल,भावपुर गाउका अगुवा रेसम छेत्री लगायतको उपस्थितिमा सो सामाग्री पीडित चन्दा परियारको परिवारलाई दिइएको हो।

उक्त कार्यक्रममा बोल्दै तरुण दल जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी ज्युले हामिहरु सधै राजनीति गफ मात्र नभई सामाजिक कार्यमा लाग्नु हाम्रो दायित्व हो ठानेका छौ सोही अनुरुप हामिले आफुले सक्ने सहयोग येस्तो प्राकृतिक विपत्तिका बेला गर्नु पर्छ भनि जनताका दुखमा मलम लगाउदै हिनेको बताउनु भयो। साथै यस्तो सहयोगले ठुलो सहयोग हुन सक्ला नसक्ला तर अत्यावश्यक सामाग्रीको तत्काल सहयोग गर्दा पीडितलाई पीडा कम गर्न सकिने बताउनु भयो।

हामीहरुले कपिलवस्तुका धेरै ठाउमा यस्ता सहयोग गरेको र आगामी दिनमा पनि येस्ता घटनाले कोहि पिडामा नपरुन भन्ने हाम्रो भनाई हो हामिले नगरे कस्ले गर्ने अहिले नगरे कहिले गर्ने भन्दै यस्ता विपत्तिमा सबैलाई एकजुट भएर सहयोग मा लाग्नु पर्ने बताउनु भयो बिपत्ति बाजा बजाएर नआउने भन्दै बिपत्तिले राजनीति जात धर्म नभन्ने भन्दै आफुले सकेको बेला सबैलाई सहयोग गर्नका लागि समेत आह्वान पनि गर्नुभएको थियो।

सोहि कार्यक्रममा बोल्दै नेविसंघ छेत्र नं.-१ कपिलवस्तुका सभापति चन्द्रकान्त पोख्रेलले हामिले थाहा पाएसम्मका यस्ता बिपत्ति परेको ठाउमा आफू सक्दो सहयोग गरेको बताउदै हरेक बिपत्तिमा स्थानीय सरकार र केन्द्र सरकार बाट यस्तो बेला हेरिने निकाय भन्दा चाडै पुगि उनिहरुलाई अति आवस्यक सामाग्री सहयोग गर्ने गरेका बताउनु भयो।

कपिलवस्तु जिल्लाका धेरै जितेर जानुभएका जनप्रतिनिधि हरु दुख बिपत्ति परेको ठाउमा जाँदै फोटो खिचेर फेसबुकमा राख्ने र यो गर्छौ त्यो गर्छौ भनी पीडितलाई झुक्काउने काम गरेको भन्दै आफुहरुले जे जति सहयोग गर्न सक्यौ तत्कालनै गर्ने गरेको बताउनु भयो। नेपाली कांग्रेस को भातृ सस्थाको रुपमा रहेको तरुण दल र नेविसंघ कहिल्यै झुट बोल्न नजानेको र झुटा आश्वासन पनि देखाउन नजानेको बताउदै जे बोल्छौ त्यो गर्ने गरेको र काम देखाउनका लागि हैन गरेर देखाउने बानि रहेको बताउनु भयो।

साथै सोहि गाउका समाजसेवी रेसम छेत्री ज्युले नेविसंघ र तरुण दलले आफ्नो खाजा खर्च कटाएर आफुले बचाएर राखेको पैसा वाट येस्तो सहयोग गरेको मा धन्यवाद ब्यक्त गर्दै जुन काम गरिराख्नु भएको छ यस्ता काममा सबैको साथ रहनुपर्नेमा जोड दिदै सम्पुर्ण सहयोगी हरुलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो।साथै पीडित परिवारले पनि खुसी ब्यक्त गर्दै यो राहतले केही भएपनी अनुहारमा खुसी छाएको बताउनु भयो।

उहाले थप्नु भयो हामी गरिबलाई हेर्न त कोहि पनि आउदैन कि क्याहो भनेका थियौ आज कांग्रेस बाट सहयोग गर्न आउनु भयो एकदमै खुसी लागेको छ भन्दै सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो।उक्त कार्यक्रममा पीडितलाई थप सहयोग लाई समेत नगरपालिका वडा संग समन्वय गर्नका लागि पहल समेत गरिएको थियो।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार