अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु - Butwal Online
अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु

अर्घाखाँची, जेठ २३ । अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्ययन गर्ने २२ वर्षिय जगदिश तिमिल्सनाको को मृत्यु भएको हो ।

अछाम घर भएका २२ वर्षिय जगदिश तिमिल्सनाको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको प्रहरी चौकी पालिका प्रमुख रामनारायण चौधरीले जानकारी दिएका छन् ।

पाणिनी गाउँपालिका– ७ मा कोठामा बस्ने तिमिल्सना स्थानीय सिस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए । उनलाई उपचारका क्रममा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार