Trending
  • नवलपुरको मध्यविन्दुमा सफाइ सामाग्री बनाउने तालिम शुरु - Butwal Online

    कावासोती २३ जेठ : शारिरिक रुपमा अशक्त भएकाहरु र दृष्टीविहिनहरुलाई स्वरोजगार बनाउने उदेश्यले नवलपुरको मध्यविन्दुमा सफाई सामाग्री बनाउने तालिम बिहिबारदेखि शुरु भएको छ ।



    नवलपुर अपाङ्ग केन्द्रको आयोजना एवम् गण्डकी प्रदेश समाज मन्त्रालयको आर्थिक सहयोगमा शुरु तालिममा सहभागीहरुलाई हर्पिक, फिनेल र सर्फ कसरी बनाउन सकिन्छ भन्ने बिषयमा तालिम दिईने छ । मध्यविन्दु नगरपािलका वडा नम्बर ७ मा जारी तालिमको उद्घाटन बिहिबार मध्यविन्दु नगरपालिकाका मेयर चन्द्रबहादुर रानाले गरेका छन् ।

    सो अबसरमा रानाले यस्ता तालिमले समाजमा फरक क्षमता भएका मानिसहरुलाइ स्वरोजगार बन्न सहयोग पुग्ने भन्दै तालिमको भरपुर उपयोग गर्न आग्रह गरे। उहाले यस्ता तालिम उपयोगी हुने भन्दै तालिम पश्चात ति सामाग्री बनाएर स्वरोजगार बनन सहभागीहरुलाई आग्रह गरे ।

     

    आठ दिन सम्म चल्ने तालिमको उद्घाटन समारोहमा मध्यविन्दु नगरपालिकाका उपमेयर ओमकुमारी महतो , वडा नम्बर ७ का वडा अध्यक्ष अमृतप्रसाद ज्ञवाली , मध्यविन्दु उद्धोग वाणिज्य संघका अध्यक्ष केदारप्रसाद पराजुली , समाजसेवी जिवन पाठक लगायतले तालिमको महत्वबारे प्रकाश पार्दे यस्ता जिवनोपयोगी तालिमको आयोजना गरेकोमा आयोजक र सहयोगी सस्थालाइ धन्यवाद प्रकट गरेका थिए ।

    स्थानीय रिम घर्तीमगरले दिएको जानकारी अनुसार नवलपुर नमुना अपांग केन्द्र का अध्यक्ष बल बहादुर मल्लको अध्यक्षता रहेको सो कार्यक्रममा २४ जनाको सहभागिता रहेको छ । सस्थाका सदस्य दयाराम बस्यालको स्वागत मन्तव्य रहेको कार्यक्रम को सन्चालन सदस्य निलकन्ठ तिमिल्सिनाले गरेका थिए ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार