पत्रकार महासंघले पढ्दै नपढी मिडिया विधेयकको बिरोध गर्यो : मन्त्री बास्कोटा - Butwal Online

दाङ, २४ जेठ । संचार तथा सूचना प्रबिधि मन्त्री गोकुल बास्कोटाले सरकारले मिडिया विधेयक संचार माध्यमलाई नियमन गर्न ल्याएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाले आज घोराहीमा गरेको पत्रकार सम्मेलन मा उनले गलत सूचना प्रवाह गर्ने अधिकार कसैलाई नभएको भन्दै संचार माध्यमलाई जिम्मेवार बनाउन मिडिया विधेयक ल्याइएको बताए । पत्रकार महासंघका पदाधिकारीले मिडिया विधेयक नपढेरै बिरोध गरेको भन्दै वास्तविकता नबुझेर बिरोध गर्नुको औचित्य नभएको बताए । विधेयक मा पत्रकारलाई तोकिएको जरीवानाका विषयमा संशोधन गर्न सकिने बताए ।

‘पत्रकार महासंघका साथीहरुले नढेरै मिडिया विधेयक को बिरोध गर्नु भएको छ ।’ उनले भने,‘पहिले पढ्नुस्, अनि बहस गर्न आउनुस् । बेकारमा रोइलो नगर्नुस् । संचार माध्यमलाई नियमनगर्न ल्याइएको विधेयकको बिरोध गर्नुभन्दा श्रमजीवी पत्रकार ऐन कायान्वयन मा चासो लिन पत्रकार महासंघलाई उनले आग्रह गरे ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार