मेलम्चीले खुट्टा टेकिसक्यो, अबश्य अघि बढ्ने छ ः मन्त्री मगर - Butwal Online

दाङ, २३ जेठ 

खानेपानी मन्त्री बिना मगरले मेलम्चिको पानी काठमाडौं ल्याउने कार्य अघि बढिरहेको बताएकी छिन् । रिपोर्टस् क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री मगरले यस्तो बताएकी हुन् ।‘

मेलम्चिको पानीको बिषयमा काठमाडौं मात्रै होईन्, देशभरमा चासो बढिरहेको छ ’ उनले भनिन्‘ मेलम्चिले खुट्टा टेकिसकेको छ, अबश्य पनि अघि बढ्नेछ ।’
मन्त्री मगरले दाङमा बबईको पानी लिफ्टिङ, पातुखोलामा हाईड्याम निर्माण गरेर दाङको खानेपानीको समस्या समाधान गर्न सकिने बताइन् । सरकारले खानेपानीलाई मौलिक अधिकारमा राखेको भन्दै सबै नागरिकमा खानेपानीको पहुँच अभिबृद्धि गर्नका लागि बजेट पनि बर्षेनी बढ्दै गएको उनको भनाई थियो ।

अझै पनि नेपालका ८८ प्रतिशत नागरिक खानेपानीको पहुँचमा पुग्न नसकेको र २० प्रतिशत नागरिकले मात्रै प्रसोधित पानी पिउने गरेको भन्दै उनले सन २०३० सम्म यो अबस्थालाई शून्यमा झार्नुपर्ने चुनौती आफुहरुकाबीचमा आएको बताइन् ।

खानेपानीका थुप्रै आयोजनाहरु भएपनि ति आयोजना सम्पन्न गर्न प्रयाप्त रकम नभएको समेत उनको भनाई छ । देशभर ४२ हजार उपभोक्ता समितिहरु रहेको र ति उपभोक्ता समितिले सरकारको खानीपानी पु¥याउने लक्ष्यमा सहयोग पुगेको समेत उनको भनाई थियो ।

सरकारले समितिका पदाधिकारीहरुलाई कुनै पनि सेवा सुविधा नदिएको भएपनि संस्थाहरुकै नेतृत्व चयनका लागि लाखौं रुपैँया खर्च गरेर चुनाब लड्ने प्रबृतिले बिकृति भने निम्त्याउने गरेको उनको भनाई थियो ।

रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिब बिमल गौतमले गरेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार