Trending
  • नवलपरासीमा सिपमुलक सिलाई कटाई तालिम सम्पन्न - Butwal Online
    नवलपरासीमा सिपमुलक सिलाई कटाई तालिम सम्पन्न

    नवलपरासी, २४ जेठ 

    नवलपरासीको प्रतापपुर गाउपालिका वडा नं ६ गुठी परसौनीमा वडा स्तरिय महिलाहरूको लागि ३ महिने सिपमुलक सिलाई कटाई तालिम आज सम्पन्न भएको छ ।




    प्रतापपुर गाउपालिका वडा न. ६ को आयोजना तथा जन जागृती अपाङ्ग संस्था गुठी परसौनीको सहयोग उक्त तालिम सम्पन्न भएको हो ।
    समापन कार्यक्रम बच्चा रायको अध्यक्षता तथा प्रतापपुर गाउपालिका वडा नं ६ का वडाध्यक्ष रामहरि उपाध्यायको प्रमुख अथित्यता रहेको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्याले तालिमबाट सीप सिकेर महिलाहरू आयआर्जन गर्दै आत्मनिर्भर बन्ने बताए । साथै यस क्षेत्रमा यस्तै बिभिन्न किसिमको तालिमको आवश्यकता देखिएको हुदा आफू सक्दो सहयोग गर्ने धारणा ब्यक्त गरे । वडा भित्र रहेका बेरोजगार नागरिकहरूलाई व्यवस्थापन गर्न पनि सिपमुलक तालिम संचालन गरिएको उनले बताए ।

    कार्यक्रममा वडा सचिव राम बहादुर क्षेत्री , वडा सदस्य नगीना लाल राजभर , राजु गुप्ता , सहबान अन्सारी लगाएको उपस्थिती थियो ।तालिममा वडाका २२ जना महिलाकाे सहभागिता रहेको थियाे ।

    सहबान अन्सारी

    सहबान अन्सारी बुटवल अनलाइनका नवलपरासी सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार