भुपु सैनिक विकास समितिद्धारा प्रहरीलाई दवाव - Butwal Online
भुपु सैनिक विकास समितिद्धारा प्रहरीलाई दवाव

नेपालगन्ज, २५ जेष्ठ ।
भारतीय सेनामा भर्ना गराइदिने भन्दै रकम असुली गर्ने पूर्व भारतीय सेनाको गिरोहलाई कारवाही गर्न नेपाल भुपु सैनिक विकास समिति बाँकेले प्रहरीलाई दवाव दिएको छ ।

२० गते राती समितिले नेपाल भुपु सैनिक सर्च अभियान नाम दिएर सात जनालाई ३८ लाख रकमसहित पक्राउगरी प्रहरीलाई बुझाएको थियो । समितिले आज नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका दोषीहरुलाई प्रहरीले उन्मुक्ती दिन खोजेको भन्दै संघर्षको चेतावनी दिएको हो ।

प्रहरीले ५ दिन देखि उनीहरुलाई हिरासतमा राखिरहेको छ । उनीहरुलाई अहिलेसम्म मुद्दा चलाइएको छैन् । समितिले किटानी जाहेरी दिंदा समेत उनीहरुलाई कारवाहीको दायरामा ल्याउन नसक्नुले आंशका पैदा भएको उनको भनाइ छ ।

२० गते राती होटल बाटिकामा रकम असुलि गरिरहेको अवस्थामा उनीहरु रंगेहात पक्राउ परेका थिए । भुपु सैनिक सर्च अभियानको टोलीले एउटा होन्डाइ कार, ८४ थान मोवाइल समेत बरामद गरेर प्रहरीलाई बुझाएको थियो । प्रहरीले हिरासतमा रहेका उनीहरु सबैको नाम गोप्य राख्दै घटनालाई थामथुम पार्न खोजेपछि समितिले पक्राउ परेका भुपु सैनिकहरु नाम समेत सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्कीका एकबहादुर गुरुङ्ग, पोखराका सुर्यबहादुर थापा, चितनवका रामकाजी पाण्डे, अर्जुन पाण्डे, नीरबहादुर थापा छन् ।

त्यस्तै पोखराकी सुजता पाठक र सिर्जना अधिकारीलाई पनि पक्राउ गरिएको छ । पक्राउ परेका सबैले भर्ति सेन्टर केन्द्र खोलेका छन् । भर्ना छनौटमा खटिने विग्रेड कमाण्डरकै संलग्नतामा रकम असुलि भइरहेको गम्भीर आरोप समितिले सार्वजजिनक गरेको छ । प्रहरीले भने अहिलेसम्म पीडित पक्ष सम्पर्कमा नआएकाले उनीहरुले क–कसबाट कति रकम असुलेको भन्ने नखुलेको बताएको छ ।

साविक मध्य तथा सुदूर पश्चिम विकास क्षेत्रका २४ जिल्लाबाट युवाहरु भर्नाका लागि आएका थिए । यो भर्ना छनोटमा ३७० जना कोटा छ । जसमा शारिरीरक र लिखित परीक्षा सकिसकेको छ । शारीरिक र लिखित परीक्षामा ४४७ जना छनोट भएका छन् । छनोट भएकाहरु भारतको गोरखपुरमा हुने मेडिकल जाँचका लागि जानेछन् ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार