Trending
  • आपसी भाईचारा बनाइराख्न मन्त्रि राईको अनुरोध - Butwal Online
    आपसी भाईचारा बनाइराख्न मन्त्रि राईको अनुरोध

    नेपालगन्ज, २५ जेष्ठ । सामुदायिक शान्ति र सद्भावका लागी जानकी गाउँपालिका खजुरा खुर्दमा आयोजित मुस्लिम धर्मावलम्विहरुको महान चार्ड इदको अवसरमा आज इद मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।



    शान्ति परिषद बाँके, महिला संजाल जानकी गाउँपालिका र युवा शान्ति संजाल जानकी गाउँपालीकाको सयुक्त आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा शहरी विकास मन्त्रालयका मन्त्रि मोहोम्मद इस्तियाक राईले धार्मिक सदभाव बाँके जिल्लाको पहिचान बनेको बताए ।

    उनले नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकालाई मात्र नभई बाँकेका सम्भावना बोकेका गाउँपालिकाहरुको विकास गर्न आधुनिक गाउँपालिकाको योजना ल्याउन लाएको बताए । इदको शुभकामना दिदै मन्त्रि राईले आपसि भाईचारा बनाइराख्न अनुरोध समेत गरे । उनले देशको विकासको लागी भाईचारा आवश्यक रहेको भन्दै विकास निर्माण र मन्त्रालयको आगामि कार्ययोजनाका बारेमा प्रकाश पारे ।

    उनले २७ वटा नयाँ शहरका रुपमा विभिन्न गाउँपालिका भित्र रहेका बजारलाई विकसित गर्ने गरी योजना ल्याएको बताएका थिए । मुस्लिम अगुवा अखिल अलिको अध्यक्षतामा भएको कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष भुमिसरा धिताल, प्रशासकिय अधिकृत महेन्द्र जंग शाहि, विभिन्न वडाका वडाध्यक्ष, विभिन्न धर्म मान्ने समुदाय लगाएतको उपस्थिती रहेको कार्यक्रमको व्यवस्थापनको जिम्मा लिएको जनजागरण समाजका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर पुनले जानकारी दिए ।

    यो पनि पढ्नुहोस

    भुपु सैनिक विकास समितिद्धारा प्रहरीलाई दवाव

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार