गुल्मीमा निःशुल्क सुगर परिक्षण, १ सय ९० जनाले लिए सेवा - Butwal Online

 हुमाकान्त पाेखरेल, गुल्मी । २५ जेठ । जिल्लाको रेसुङ्गा नगरपालिका १० मा निशुल्क सुगर परिक्षण सम्पन्न भएकाे छ ।

मेडिकल ल्याबाेराेटरी एसाेसियसन अफ नेपालकाे १४ अाै स्थापना दिवसकाे अवसरमा साेहि सँस्थाकाे गुल्मी शाखाले शिविर सम्पन्न गरेकाे हाे । शिविरमा कुल १९० जनाले सेवा लिएका छन् । जसमध्ये ३४ जनामा सुगर भेटिएकाे सँस्थाका गुल्मी शाखा अध्यक्ष केपी भण्डारीले जानकारी दिए ।

सुगर भेटिएकाहरूलाई उपचारकाे लागि  जिल्ला अस्पतालमा परामर्शकाे लागि जान अाग्रह गरिएकाे उनले जानकारी दिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधिसहित सँस्थाका सचिव नमराज मरासिनी, सदस्यहरू राकेस राउत, अर्जुन भट्टराई लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा बाेल्दै रेसुङ्गा नगरपालिका १० का अध्यक्ष पदम प्रसाद पाण्डेले गाँउगाउमा संचालन गरिने यस्ता शिविरले नागरिकहरूलाई शिघ्र उपचारमा सहयाेग पुग्ने बताएका थिए ।

हुमाकान्त पोखरेल

हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार