आँधीखाेला लघुवित्तकाे आयाेजनामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न - Butwal Online

हुमाकान्त पाेखरेल, गुल्मी २५ जेठ । आँधिखोला लघुवित्त गुल्मी शाखाको आयोजनामा  प्रथम केन्द्र प्रमुख, उपप्रमुख तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमकाे शुक्रबार रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरे थिए  ।

कार्यक्रमको उद्घाटन गर्दै मेयर भुसालले लघुवित्त सँस्थाले ग्रामीण महिलाहरुको जीवनस्तर उकास्न महत्वूर्ण भूमिका निर्वाह गरेकाे बताएका थिए ।  कार्यक्रममा आँधिखोला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले लघुवित्त सँस्थाले नाफालाई भन्दा पनि ग्रामीण स्तरमा रहेका महिलाहरुको जीवनस्तर उकास्न ध्यानकेन्द्रीत गरेको बताए । यस्तै कार्यक्रममा आँधिखोला लघुवित्तका प्रबन्धक बाबुराम कुँवारले वित्तीय साक्षरता सम्बन्धी तालीम प्रदान गरेका थिए ।

आँधिखोला लघुवित्तका शाखा  प्रमुख ज्ञानेश्वर मरासीनीले सँस्थाको आर्थिक प्रगती प्रतिवेदन पेश गर्दै २ बर्षको अवधिमा सँस्थाले ५ लाख ४० हजार बढी नाफा कमाउन सफल भएको बताए ।  २०७४ बैशाख २० गते बाट गुल्मीको सदरमुकाम तम्घासमा शाखा स्थपना गरी सँञ्चालनमा आएको सँस्थाले हाल सम्म कुल ७८ लाख भन्दा बढी निक्षेप संकलन गरी २ करोड २८ लाख भन्दा बढी कर्जा प्रवाह गरेको जनाएको छ । ३ जना कर्मचारी आवद्ध रहेको सँस्थामा ७ सय १५ जना सक्रिय सदस्य रहेका छन् ।

शाखाले हाल सम्म ३ सय ९३ जनालाई ऋण प्रदान गरेको जनाएको छ । यस्तै सोही कार्यक्रममा गुल्मी शाखा अन्र्तगत सञ्चालीत ५४ वटा केन्द्र मध्ये कार्यसम्पादन मुल्याङनको आधारमा उत्कृष्ट ५ वटा केन्द्रलाई  पुरस्कार समेत वितरण गरिएको थियो ।  जसमा पहिलो उत्कृष्ट केन्द्रको रुपमा सक्रिय महिला समुह नम्बर ६ दोस्रो उदीनढुङ्गा महिला समुह नम्बर ३,तेस्रो समुह नम्बर १४ सिजर्नशील महिला समुह तथा सान्त्वना केन्द्रको रुपमा चाङघाट महिला समुह नम्बर ४१ र  समुह नम्बर २९ फेँदीया महिला समुह रहेका छन् ।

यो पनि पढ्नुहोस

गुल्मीमा निःशुल्क सुगर परिक्षण, १ सय ९० जनाले लिए सेवा

हुमाकान्त पोखरेल

हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार