Trending
  • अन्तर वडास्तरीय क्रिकेटमा ३, ८, १४ र १५ को विजयी सुरुवात - Butwal Online

    नेपालगन्ज २५ जेष्ठ 
    वडा स्तरिय क्रिकेट प्रतियोगितामा वडा नं. ३, ८, १४ र १५ विजयी नेपालगन्जमा जारी अन्तर वडास्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ३, ८, १४ र १५ विजयी भएका छन् । नेपालगन्जको मंगलप्रसाद उच्च माविमा भएको प्रतियोगितामा वडा नं. ३ ले वडा नं. ५ लाई ६ विकेटले पराजित गरेको हो ।



    खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. ५ ले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो । जवाफि व्याटिङगमा आएको वडा नं. ३ ले ४ विकेटको नोक्सानीमा विजयी लक्ष्य भेटायो । खेलमा अक्रम सिद्दिकी म्यानअफ द म्याच घोषित भए । त्यस्तै दोश्रो खेलमा वडा नं. ८ विजयी भएको छ ।

    वडा नं. ६ लाई ५ विकेटले पराजित गर्दै ८ नं. विजयी भएको भएको खेलमा टस जितेर व्याटिङग गरेको वडा नं. ६ ले १ सय २४ रन बनाएको थियो । जवाफि व्याटिङगमा आएको वडा नं. ८ ले १३ ओभर ३ बलमा ५ विकेट गुमाएर विजयी लक्ष्य भेटाएको थियो । खेलमा म्यानअफ द म्याच अनुपम सिंह घोषित भए । यस्तै प्रतियोगिताको तेश्रो खेलमा वडा नं. १४ विजयी भयो । उसले वडा नं. १७ लाई ४ विकेटले पराजित ग¥यो । पहिला व्याटिङ गरेको वडा नं. १७ ले १४ ओभर २ बलमा ८३ रन बनाएको थियो । जवाफी व्याटिङगमा आएको वडा नं. १४ ले १३ ओभरमा ६ विकेट गुमाएर विजयी लक्ष्य भेटायो ।

    खेलमा म्यानआफद म्याच युवराज शर्मा घोषित भए । यस्तै चौथो खेलमा वडा नं. १५ विजयी भएको छ । उसले वडा नं. १६ लाई ३ विकेटले पराजित गरेको हो । वडा नं. १६ ले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य वडा नं. १५ ले १५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेटाएको हो ।

    प्रतियोगिताको विजेताले १ लाख रुपैया नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद प्राप्त गर्ने आयोजक द गुप अप युथ सिक्स्टिनका सचिव राम श्रेष्ठले जानकारी दिए ।

    खेल आयोजना हुने मंगल प्रसाद माबिको मैदानमा निशुल्क इन्टरनेटको व्यवस्था गरिएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन, कैलपाल कलेजको सह प्रायोजन रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, वडा नं. ७, १०, ११ र १२ को आर्थिक सहयोगमा द गु्रप अफ सिक्टिनले सो प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा खेलाडी तथा दर्शकले एक हातले बल क्याच गरेमा नगद १ हजार पुरस्कारको व्यवस्था गरिएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले यसको व्यवस्था गरेको हो ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार