Trending
  • विश्वकपकै सबैभन्दा उत्कृष्ट खेल आज : अष्ट्रेलिया र भारत भिड्दै - Butwal Online

    एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आइतबार बलियो टिम भारत र विश्वविजेता अष्ट्रेलियाबीच खेल हुदैछ । विश्वकपको १४औं खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि खेल सुरु हुनेछ ।



    यो खेल विश्वकपकै सबैभन्दा उत्कृष्ट हुनेछ । किनभने दुवै टिम विश्वकपको उपाधि दाबेदार हुन् । अष्ट्रेलिया लगातार तेस्रो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । यता, भारत भने दोस्रो जित हात पार्ने दाउँमा छ ।

    अष्ट्रेलियाली टोली विश्व क्रिकेटमा आक्रामक छबीका लागि चिनिन्छ । यता भारत पहिलो खेलमा दक्षिण अफ्रिकाबिरुद्ध सहज जित हासिल गरेपछि अधिक आत्मविश्वासी देखिन्छ ।

    अष्ट्रेलिया टिम

    आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, नाथन काउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मार्कुस स्टोइनिस र एडम जाम्पा ।

    भारत टिम

    विराट कोहली (कप्तान) रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, रविन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।

     

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार