कृष्णनगरकाे सार्वजनिक शौचालयमा लुटको छुट - Butwal Online
कृष्णनगरकाे सार्वजनिक शौचालयमा लुटको छुट

कृष्णनगर, २६ जेठ l कपिलवस्तु जिल्लामै हरेक पक्षमा पछौटे मानिएको कृष्णनगर केही पक्षमा भने अगाडि देखिएको छ ।

नेपाल भरि नै संचालनमा रहेको सार्बजनिक शौचालयमा दिसा पिसाबको शुल्क ५/१० असुली हुने गरेको छ भने कृष्णनगरमा नगरपालिकाद्वारा संचालित एउटा मात्रै शौचालयमा भारतीय रुपैयाँ १० वा नेपाली १५ रुपैयाँ असुली गरिदै आइएको छ ।

नगरपालिकाले नै बर्षको ८५०००० रुपैयाँ  ठेक्का गरिदिएकोले आफुहरुले पनि रकम बढाएको शौचालयमा असुली गर्नेले बताए । बर्डर पारी बढनी बजारमा सरसमान खरिद गर्न दाङ, प्युठान, अर्घाखाँची ब्यापारी तथा आमउपभोक्ताहरु कृष्णनगर झर्ने गरेका छन् भने उपभोक्ता तथा सुपादेउराली र स्वर्गद्वारी दर्शन गर्ने हजारौं भारतीयहरु कृष्णनगर आउने गरेका छन् ।

पारी ५ रुपैया तिर्नेहरु यता दोब्बर लाग्ने हुँदा बोत्तलको सहायताले खुला ठाउमा दिसापिसाब गर्ने गरेका छन भने धेरैले बाध्य भएरै १५ रुपैयाँ तिर्ने गरेका छन् ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार