आगामी ३ दिनको मौसम पुर्वानुमान यस्तो छ - Butwal Online
आगामी ३ दिनको मौसम पुर्वानुमान यस्तो छ

काठमाडौं, २६ जेठ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । आईतबार बिहान ६ बजे सार्वजनिक पूर्वानुमानमा जेठ २६ देखि जेठ २८ गतेसम्मको मौसम पूर्वानुमान गरिएको छ ।

जेठ २६ गते (आईतबार)

दिउँसो: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । दिउसो वा साँझ पख देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी पहाडी भु-भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। साथै पूर्वी भूभागका एक दुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

राति: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

जेठ २७ गते (सोमबार)

दिउँसो: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी भु-भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु-भागका केहि र पश्चिमी भु-भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेठ २८ गते (मंगलबार)

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार