Trending
  • आफ्नो लाइसेन्स प्रिन्ट भए नभएको मोवाइलबाटै हेर्न सकिने - Butwal Online

    काठमाडौँ, २६ जेठ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएस बाटै हेर्न सकिने सेवाको औपचारिक सुरुवात गरेको छ ।



    स्पेरो एसएमएस प्रा. लि. र यातायात व्यवस्था विभागको सहकार्यमा लिखित परीक्षा, लाइसेन्स नवीकरण र नयाँ लाइसेन्स प्रिन्ट भए नभएको थाहा पाउन सकिने एसएमएस सेवा सुरु गरिएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक लावन्यकुमार ढकाल र स्पेरो एसएमएस प्रा.लि. का प्रबन्ध निर्देशक अरविन्द साहले संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरेका हुन् ।

    सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन WT लेखेर एउटा स्पेस छाडि एप्लिकेन्ट आईडी टाइप गरेर (WT ‹space› Applicant ID ) ३३००१ मा एसएमएस पठाउन सकिनेछ ।एसएमएस पठाउनासाथ र्उित्तर्ण वा अनुत्तिर्ण भएको जानकारी एसएमएस पठाउने ब्यक्तीको मोबाइलमा आउने छ ।

    त्यसैगरी, आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए–नभएको थाहा पाउनका लागि LC टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी (LC ‹space› Applicant ID) ३३००१ मा एसएमएस गर्न सकिनेछ । त्यसपछि लाईसेन्स प्रिन्ट भएको वा नभएको तत्काल खबर आउनेछ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार