Trending
  • दाङको तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई तीर्थयात्रा लैजाने - Butwal Online

    दाङ, २६ जेठ : ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा लैजाने दाङको तुलसीपुर उपमहानगरपालिकाले आव ज्येष्ठ नागरिकलाई तीर्थयात्रा लैजाने भएको छ ।



    नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर उपमहानगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई प्रदेशका विभिन्न पर्यटकीय क्षेमा तीर्थयात्रा गराउने योजना अगाडि सारेको छ । त्यस्तैै उपमहानगरपालिकाले ६० वर्ष पुगेका सबै ज्येष्ठ नगारिकलाई परिचयपत्र वितरण गर्ने, ज्येष्ठ नागरिकलाई दिनभरको समयमा बस्नलाई दिवा सेवा केन्द्र स्थापना गर्ने नीति अघि सारेको हो ।

    तुलसीपुर उपमहानगरपालिकाले आगामी वर्ष उपमेयर महिला सुरक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । जसमा लैंगिक हिंसामा परेका महिलाहरुको उपचार, पुनःस्थापना र सुरक्षाका लागि उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए ।

    उपमहानगरपालिकालाई सडक बालबालिका मुक्त बनाइने, अपाङ्गता भएका व्यक्तिलाई सीप प्रदान गर्ने, नगर क्षेत्रलाई सडक मानवमुक्त बनाउने नीति समेत अघि सारेको छ ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार