Trending
  • आधुनिक कृषि औजार वितरण - Butwal Online
    आधुनिक कृषि औजार वितरण

    लमही, २६ जेठ : दाङको लमही ९ हर्दवाको स्मार्ट कृषि गाउँमा रु २५ लाख मूल्य बराबरका कृषि औजार हस्तान्तरण गरिएको छ ।



    कस्टम हाईरिङ सेन्टर स्थापनाका लागि स्मार्ट कृषि गाउँमा कृषिसँग सम्बन्धित विभिन्न औजारहरु किसानलार्ई हस्तान्तरण गरिएको हो । प्रदेश नं ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्मा र कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्णबहादुर बस्नेतले संयुक्त रूपमा पावर टिलर, मकै गोड्ने, छोडाउने मेसिन किसानलाई हस्तान्तरण गरिएको छ ।

    “हामीले स्मार्ट कृषि गाउँका रुपमा त्यस गाउँलाई छनौट गरेका छौँ, अब यस गाउँलाई स्मार्ट बनाउन परम्परागत शैलीबाट खेती गरेर हुँदैन्”, प्रदेशसभा सदस्य शर्माले बताए, “आधुनिक तरिकाबाट कृषि खेती गर्न विभिन्न मेसिनहरु हस्तान्तरण गरेका हौँ ।” प्रदेश नं ५ सरकारले प्रत्येक प्रदेश निर्वाचन क्षेत्रको एउटा गाउँलाई स्मार्ट कृषि गाउँ बनाउने योजनाअनुसार हर्दवालाई दाङ क्षेत्र नं १ को प्रदेशसभा १ बाट स्मार्ट कृषि गाउँ बनाउन लागिएको हो । अहिले त्यहाँ कागती र बाख्रामा नमूना गाउँ बनाउनका लागि कार्यक्रम अघि बढाइएको छ ।

    हर्दवामा कागतीको उत्पादन राम्रो हुने भन्दै त्यसको उत्पादन बढाउन किसानहरुलाई आधुनिक कागती खेतीतर्फ उन्मुख गराउन थालिएको छ । प्रदेश सरकारले प्रदेशसभाको हरेक निर्वाचन क्षेत्रमा ५० लाखको बजेटमा स्मार्ट कृषि गाउँ बनाइएको छ । दाङमा ६ वटा स्मार्ट कृषि गाउँ रहेका छन ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार