Trending
  • विश्वकप क्रिकेट : अष्ट्रेलियालाई ३५३ उच्च स्कोरको लक्ष्य - Butwal Online

    बुटवल, २६ जेठ 

    विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई ३५३ रनको ठूलो लक्ष्य दिएको छ । लनडनस्थित केनिङ्टन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा २५२ रन बनाएपछि अष्ट्रेलियाले ठूलो लक्ष्य पाएको हो ।



    भारतको लागि शिखर धवनले १०८ बलमा १६ चौका प्रहार गर्दै ११७ रन बनाए । त्यस्तै, कप्तान विराट कोहलीले उत्कृष्ट ८२ रन बनाउँदै भारतलाई ठूलो स्कोरमा पुर्‍याएका थिए । उनले ७७ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।

    यता, ओपनर रोहित शर्माले ५७ रन बनाउँदा हार्दिक पाण्ड्याले ४८ र महेन्द्रसिंह धोनीले २७ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका मार्कुस स्टोइनिसले दुई विकेट लिए । जारी विश्व कपमा यो अष्ट्रेलियाको तेस्रो खेल हो भने भारतको दोस्रो । दुबै टिमले आ आफ्ना खेल जितेका छन् ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार