Trending
  • भारतको विश्वकपमा लगातार दोस्रो जित, अष्ट्रेलियालाई ३६ रनले हरायो - Butwal Online

    बुटवल, २७ जेठ

    आईसीसी विश्वकप २०१९  क्रिकेटको १४ औं खेलमा भारतले  अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको छ ।  टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५ विकेटको क्षतिमा ३५२ रनको विशाल स्कोर बनाएको थियो ।



    विश्व कप इतिहासैमा उच्च स्कोरको कीर्तिमानी लक्ष्य पाएको अष्ट्रेलियाले ५० ओभरमा सबै विकेट गुमाएर ३१६ रनमात्र बनाउन सक्यो र ३६ रनले पराजित भयो।

    भारतको लागी शिखर धवनले ११७ रन, रोहित शर्मा ५७ रन, हार्दिक पाड्य ४२ रन, एमएस धोनी २७ र कप्तान विराट कोहलीले ८२ रन बनाए।

    ३५२ रनको लक्ष्यका साथ मैदानमा छिरेको अष्ट्रेलियाको लागि केरीले नटआउट ३५ बलमा ५५ रन बनाए । यस्तै स्टेभन स्मिथले ६९ रन बनाए भने डेबिड वार्नरले ५६ रन बनाए।

    जितसँगै भारतले लगातार दोस्रो खेल जित्दै अंक तालिकामा ४ अंक जोडेको छ । उता अष्ट्रेलिया भने तेस्रो खेलमा पहिलो पटक पराजित भयो । अंक तालिकाको शीर्ष स्थानमा लगातार तीन खेल जितेको न्यूजिल्याण्ड छ भने दोस्रो स्थानमा दुई खेल जितेको घरेलु टिम इंग्ल्याण्ड छ । दोस्रो खेल जितको भारत तेस्रो स्थानमा रहँदा अष्ट्रेलिया चौथो स्थानमा छ ।

     

     

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार