लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटी – जापान - Butwal Online

टोकियो, २७ जेठ 

जापानमा गत अप्रिलमा भएको एक लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो ।

                                                                                                  फाइल तस्विर

मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित रहेका कार्यक्रम पुनः शुरु गर्न लागिएको जनाएको छ । रक्षा मन्त्रालयले ४१ वर्षीय पाइलटमा देखिएको मानसिक समस्याका कारण विमानले सन्तुलन गुमाएको र समुद्रमा खसेर दुर्घटनाग्रस्त भएको निष्कर्ष निकालेको छ ।

विमानमा कुनै प्राविधिक समस्या नरहेको पनि मन्त्रालयले स्पष्ट गरेको छ । गत अप्रिल ९ मा जापानको उत्तरपूर्वी मासावाबाट १३५ किलोमिटर टाढा समुद्रमा उक्त लडाकू विमान तालिमका क्रममा दुर्घटनाग्रस्त भएको थियो । उक्त विमान अद्यापी फेला परेको छैन ।

रासस

बुटवल अनलाइन रासस को ग्राहक हो

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार