Trending
  • कपिलवस्तुमा इँटा प्रहार गरी श्रीमतीको हत्या - Butwal Online
    कपिलवस्तुमा इँटा प्रहार गरी श्रीमतीको हत्या

    कपिलवस्तु, २७ जेठ 

    कपिलवस्तुमा श्रीमानको इँटा प्रहारबाट श्रीमतीको मृत्यु  भएको छ ।



    जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका १, बुङ्ची बस्ने बर्ष ३९ की गिता चौधरीलाई उनको ४९ बर्षीय श्रीमान अगमान चौधरीले  मापसे सेवन गरि बादबिबाद हुदै जाँदा ईट्टाले श्रीमतीको टाउकोमा प्रहार गरेका हुन् ।

    श्रीमानले टाउको र छातीमा प्रहार गरेको इँटा लागेर गम्भीर घाइते गीताको सामुदायिक अस्पताल ४ नं.मा सामान्य उपचार पश्चात थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारको क्रममा आइतबार साँझ ज्यान गएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले बताएको छ ।

    अगमन चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार