अदालतका कर्मचारी १० हजार घुससहित पक्राउ - Butwal Online
अदालतका कर्मचारी १० हजार घुससहित पक्राउ

बुटवल,२७ जेठ 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रुपन्देही जिल्ला अदालतको कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ ।

सवारी ज्यान सम्बन्धि मुद्धा मिलाईदिने भन्दै सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अदालतका बाल मनोविज्ञ शान्ति अधिकारीलाई बुटवल स्थित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

निजलाई आज बिहान ११.३० बजे भैरहवाको अञ्चलपूर स्थित नेपाल बिद्युत प्राधिकरणको कार्यालय परिषरबाट घुस रकम सहित पक्राउ गरी आवस्यक अनुसन्धान भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए । घुस दिने व्यक्तिको नाम भने अख्तियारले खुलाउन चाहेन ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार