Trending
  • लाफा समुहको दशौं रक्तदान कार्यक्रम सम्पन्न - Butwal Online
    लाफा समुहको दशौं रक्तदान कार्यक्रम सम्पन्न

    बुटवल ,२७ जेठ

    लाफा समुह बुटवलको आयोजनामा सोमबार “जति धेरै रगतदान, त्यति धेरै जीवनदान” भन्ने मुल नारा सहित दशौं रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।



    समुहले ६÷६ महिनाको अन्तरालमा बर्षको २ पटक रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्तदान कार्यक्रममा ११० युनिट रगत संकलन भएको थियो ।
    रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा न ८ का अध्यक्ष भिम बहादुर श्रेष्ठले रगतको अभावमा अस्पतालमा कसैको पनि मृत्यु नहोस भन्ने अभियानका साथ रक्तदान कार्यक्रम भएकोमा प्रसंसा गरे ।

    रगत संकलनको मात्रालाई बढाउनुपर्ने आवश्यकता रहेको भन्दै नियमित रक्तदान गर्नु स्वास्थ्यका लागि समेत फाईदा हुने उनको भनाइ छ । लाफा समुहले समाजमा थुपै सामाजिक कामहरु गर्दै आएकोमा प्रशंसा गरे ।

    कार्यक्रममा समुह स्थापना भएको धेरै बर्ष भएनि दर्ता हुन नसकेको रहेको र केहि दिन अगाडी मात्रै दर्ता भएको भन्दै शुभकामना समेत दिए । कार्यक्रममा नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, एक्सिस बोडिङ्गका प्राचार्य चुडा बहादुर थापा, नबिन थापा, स्वस्तिक श्रेष्ठ, नारायणबाबु बस्नेत, राधैश्याम राजभण्डारी, धनिसरा दर्लामी, जबिन कक्षपति, लोकराज पनेरु, चक्र बहादुर रानाले बोलेका थिए ।

    कार्यक्रममा बोल्दै समुहका संरक्षक बासुदेव लामिछानेले क्वलले सामाजिक उत्तरदायित्व बहन गर्ने गरी प्रत्येक बर्ष बर्षको २ पटक रक्तदान कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा नया कार्यसमितीलाइ सम्मान समेत गरीएको थियो ।

    कार्यक्रममा लाफा समूहका अध्यक्ष तारा सिंह रेश्मीको अध्यक्षता, उपाध्यक्ष अनिल श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रममा समुहका सदस्य ज्ञानु थापा कार्यक्रम संयोजक रहेकोे कार्यक्रमको सञ्चालन यसपाल चौतारेले गरेका थिए ।

    समुहले खेलकुदको क्षेत्रमा भलिबल, फुटवल र विषेश गरी ब्याडमिन्टनका ४४ जना खेलाडीहरुलाइ टेनिङ्ग दिदै अएको छ । समुहमा ५५ जना सदस्यहरु रहेका छन ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार