प्रदेश नं ५ प्रदेश सभा– कोही एक दिन मात्रै गयल कोही अत्यन्तै न्युन उपस्थिति - Butwal Online

बुटवल, २८ जेठ । प्रदेश नं ५ को प्रदेशसभा सदस्यहरुको प्रदेशसभामा उपस्थितीमा व्यापक अन्तर देखिएको छ । प्रदेशसभाको पहिलो,दोस्रो र तेस्रो अधिबेशनमा प्रदेशसभा सदस्यहरुको उपस्थिती कोही एक दिन मात्र अनुपस्थित भएका छन भने कसैको अत्यन्त न्यून उपस्थिती देखिएको छ ।

कम उपस्थित हुनेमा पुर्व मन्त्री समेत रहेका प्रदेशसभा सदस्य रहेका छन् । प्रदेश नं ५ को प्रदेशसभाको पहिलो बैठक २२ दिन,दोस्रो बैठक २८ दिन र तेस्रो बैठक ३३ दिन गरी ८३ दिन बसेकोमा एक जना प्रदेशसभा सदस्य एक दिन मात्रै अनुपस्थित भएका छन् भने एक जना प्रदेशसभा सदस्य जम्मा २२ दिन मात्र उपस्थित भएको पाइएको छ ।

प्रदेशसभा बैठकमा सबै भन्दा धेरै दिन उपस्थित हुनेमा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य सुनिता कुमारी ठठेर रहेकी छन् ।
उनि पहिलो अधिवेशनमा पुरै २२ दिन,दोस्रो अधिबेशनमा २८ दिन मध्ये एक दिन मात्र अनुपस्थित रहेकी छन् भने तेस्रो अधिबेशनको ३३ दिन नै उपस्थित रहेको प्रदेशसभा सचिवालयको हाजिरीमा उल्लेख छ ।

प्रदेशसभामा सबै भन्दा कम उपस्थित हुनेमा कपिलबस्तु जिल्ला निर्वाचन क्षेत्र नं ३(२) बाट निर्वाचीत प्रदेशसभा सदस्य बिरेन्द्र कुमार कनौडीया रहेका छन् । कनौडीया प्रदेशसभाको पहिलो अधिबेशनको २२ दिन मध्ये १० दिन,दोस्रो अधिबेशनको २८ दिन मध्ये ६ दिन र तेस्रो अधिबेशनको ३३ दिन मध्ये ६ दिन गरी जम्मा २२ दिन मात्रै उपस्थित रहेका छन् । उनि पुर्व मन्त्री समेत हुन् ।

प्रदेशसभामा बढि उपस्थित हुने दोस्रो नम्बरमा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं ३(२) बाट निर्वाचीत प्रदेशसभा सदस्य तुल्सीप्रसाद चौधरी रहेका छन् । चौधरी पहिलो बैठकमा दुइ दिन मात्रै अनुपस्थित रहेका छन् भने दोस्रो र तेस्रो अधिबेशनमा सबै दिन अर्थात कूल ८२ दिन उपस्थित रहेका छन् ।

उनि प्रदेशसभाको सुन्य र बिशेष समयमा प्रदेशसभा तथा सरकारको ध्यानाकर्षण गराउनुका साथै विधेयकहरुमाथिको सैद्धान्तीक छलफलहरुमा समेत सक्रिय सहभागि हुने प्रदेशसभा सदस्यहरुको सूचिमा पर्दछन् । प्रदेशसभाको हाजिरी रेकर्ड अनुसार प्रदेशसभामा कम उपस्थित हुने प्रदेशसभा सदस्यहरु मध्येको दोस्रो नम्बरमा भने प्रदेशकै मुख्यमन्त्री शंकर पोखरेल रहेका छन् । मुख्यमन्त्री पोखरेल पहिलो अधिबेशनको २२ दिन मध्ये १८ दिन,दोस्रो अधिबेशनको २८ दिन मध्ये ८ दिन र तेस्रो अधिबेशनको ३३ दिन मध्ये ६ दिन गरि कूल ३२ दिन मात्रै उपस्थित रहेको रेकर्डमा उल्लेख छ ।

त्यसैगरी प्रदेशसभामा सबै भन्दा बढि उपस्थित हुने तेस्रो नम्बरमा भने बाँके जिल्ला निर्वाचन क्षेत्र नं ३(२) बाट निर्वाचीत प्रदेशसभा सदस्य बाबुराम गौतम रहेका छन् । गौतम कूल ८३ दिन मध्ये ८० दिन प्रदेशसभामा उपस्थित रहेका छन् । सबै भन्दा बढि उपस्थित हुने प्रदेशसभा सदस्यहरु मध्ये चौथो नम्बरमा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं १(२) बाट निर्वाचीत प्रदेशसभा सदस्य हुन् । न्यौपाने कूल ८३ दिन मध्ये ७९ दिन प्रदेशसभा बैठकमा उपस्थित छन् ।

रुपन्देहीकै अर्का प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठ प्रदेशसभामा सबै भन्दा बढि उपस्थित हुने प्रदेशसभा सदस्यहरु मध्ये पाँचौं नम्बरमा रहेका छन् । श्रेष्ठले कूल ८३ दिन मध्ये ७८ दिन प्रदेशसभामा उपस्थित रहेको हाजिरी रेकर्ड छ ।

प्रदेशसभामा सबैभन्दा बढि उपस्थित हुने छैंठौं नम्बरमा पनि रुपन्देहीकै प्रदेशसभा सदस्य पुष्पा थरुनी रहेकी छन् । उनि कूल ८३ दिन मध्ये ७७ दिन प्रदेशसभा बैठकमा उपस्थित छन् । प्रदेश सभा बैठकमा सबै भन्दा बढि उपस्थित हुने प्रदेशसभा सदस्यहरुको सातौं नम्बरमा भने प्रदेशसभा सदस्यहरु सरस्वती गौतम,बिमला पन्थी,लौटी थारु रहेका छन् । उनिहरु ८३ मध्ये ७६ दिन हाजिर छन् ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार