Trending
  • नेपालगञ्जमा व्यक्तिगत घटना दर्ता नगराउने प्रवृत्ति बढ्यो - Butwal Online

    नेपालगञ्ज, २८ जेठ : नागरिक अधिकारका लागि अनिवार्य मानिएको व्यक्तिगत घटना दर्ता नगराउने प्रवृत्ति नेपालगञ्जमा अत्यन्त बढी देखिएको छ ।



    जन्म, मृत्यु, बिहे, सम्बन्धविच्छेद, बसाइँसराइ जस्ता व्यक्तिगत घटना दर्ता नागरिकले आप्mनो मातहतको नगरपालिका र गाउँपालिकाको वडा कार्यालयमा ३५ दिनभित्र गरी सक्नुपर्छ ।

    नेपालगञ्जमा भने वार्षिक सरदर १६ प्रतिशतले मात्र तोकिएको समयमा घटना दर्ता गर्ने गरेका छन् । बाँकी ८४ प्रतिशतले आवश्यक परेको बेलामा मात्रै बढी जरिवाना तिरेर गराउने गरेका छन् ।

    व्यक्तिको पहिचान प्रमाणित गर्नका लागि व्यक्तिगत घटना दर्ता अनिवार्य मानिन्छ । घटना दर्ता बेलैमा गराइएन भने राज्यले दिने सेवा सुविधा पाउन सकिँदैन । कतिपयले सचेतनाको अभावमा र कतिपयले जानीजानी पनि समयभित्र व्यक्तिगत घटना दर्ता नगराउने प्रवृत्ति देखिएको नेपालगञ्ज उपमहानगरपालिका–७ का सचिव दीपकुमार मल्लको अनुभव छ ।

    नयाँ व्यवस्थाअनुसार नेपालगञ्ज उपमहानगरपालिकाको वडा कार्यालयमा अनलाइन पद्धतिका माध्यमबाट पनि व्यक्तिगत घटना दर्ता हुने गरेको छ । इन्टरनेटको सुविधा पुगेका सबै वडा कार्यालयमा अनलाइन प्रविधिबाट व्यक्तिगत घटना दर्ता भइरहेको पञ्जीकरण शाखाका कर्मचारी गुरुङले बताए ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार