Trending
  • खजुरा गाउँपालिकाको प्रशासनिक केन्द्र भवन निर्माण हुने - Butwal Online

    नेपालगञ्ज, २८ ; बाँकेको खजुरा गाउँपालिकामा पालिकाको केन्द्र तोकेको बी गाउँमा अत्याधुनिक प्रशासनिक भवन निर्माण हुने भएको छ । सिंहदरबारको झझल्को दिने गरी बनाइने उक्त प्रशासनिक भवनको डिपिआर तयार भइसकेको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।



    यसअघि खजुरा गाउँपालिकाको चौथो गाउँसभाले केन्द्र रहने स्थानको टुङ्गो लगाएको थियो । प्रशासनिक केन्द्र नयाँ ठाउँमा सार्ने निर्णयसँगै प्रारम्भिक काम शुरु भएको बताइएको छ । करीब ६ बिगाहा क्षेत्रफलमा झण्डै रु दुई करोडको लागतमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुने इञ्जिनीयर विवेक लामिछानेले बबताए ।

    वैकल्पिक शिक्षाको थलो ‘खेल्दै सिक्ने केन्द्र’

    वैकल्पिक शिक्षा कार्यक्रमअन्तर्गत नेपालगञ्जमा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई थप प्रभावकारी बनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लब र समुन्नत नेपालद्वारा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई थप प्रभावकारी बनाउन रणनीतिक कार्ययोजना निर्माण कार्यक्रम अघि बढाइएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका, शिक्षा विकास तथा समन्वय एकाइ बाँके, बाँके युनेस्को क्लब र समुन्नत नेपालको संयुक्त कार्यदलले निर्माण गरेको कार्ययोजनाअनुसार यो आर्थिक वर्षका लागि थप रु एक लाख ९० हजार विनियोजन गरिएको छ । “करीब १२ हजारभन्दा बढी बालबालिका र किशोरकिशोरीहरु विद्यालयबाहिर रहेकाले उनीहरुलाई केन्द्रमा समेट्ने उद्देश्यले थप रणनीतिक योजना निर्माण गरिएको हो”, नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाको भनाइ छ ।

    खेल्दै सिक्ने केन्द्रलाई अहिले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफले पनि सघाएको छ भने केन्द्र राखिएका नेपालगन्ज उपमहानगरपालिकाको टोलअन्तर्गतको वडा कार्यालयले पनि अपनत्व ग्रहण गरेको छ । “खेल्दै सिक्ने केन्द्र आप्mनो वडामा रहेकाले जिम्मेवारी बोध गरी यसका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था वडा कार्यालयले मिलाएको छ”, नेपालगञ्ज–४ का अध्यक्ष सफिक बेहनाले भने । अहिले नेपालगञ्ज–४ र ८ मा दुई वटा खेल्दै सिक्ने केन्द्र सञ्चालनमा रहेको छ । आगामी आर्थिक वर्षको साउनदेखि वडा नं १४, १५ र १९ मा तीन केन्द्र थप गरी पाँच वटा केन्द्र सञ्चालन गरिने शिक्षा शाखाप्रमुख गोर्खबहादुर थापाले बताए ।

    श्रम गर्नुपर्ने तर विद्यालय जान नसक्ने बालबालिका र किशोरकिशोरीले ती केन्द्रमा बिहान १० देखि अपराह्न ५ बजेसम्म जुनसुकै समयमा आएर पढ्न र खेल्न पाउने व्यवस्था मिलाइएको छ । बालबालिकाको उज्ज्वल भविष्य निर्माण र उनीहरुको सम्पूर्ण विकास प्रक्रियामा लगानी गर्नुपर्ने मुख्य उद्देश्य रहेकाले केन्द्रमा लगानी गर्दै आएको युनिसेफका रामप्रसाद गौतमले बताए ।

    केन्द्रमा १० देखि १९ वर्ष उमेरका विद्यालय छाडेका तथा नगएका बालबालिका र किशोरकिशोरीले विषयगत पाठ्यक्रमसँगै स्वास्थ्य, उद्यमशील, सूचना तथा प्रविधि, आयआर्जनलगायतका विषयमा ज्ञान हासिल गर्ने बताइएको छ ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार