Trending
  • ‘बिहेवारि बीस पारि‘ : बालविवाह रोक्न प्रोत्साहन भत्ता - Butwal Online

    घोराही, २८ जेठ : तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि जन्मने हरेक छोरीहरुलाई प्रोत्साहन भत्ता दिने भएको छ । बढ्दो बालविवाहलाई रोक्न उपमहानगरपालिकाले ‘बिहेवारि बीस पारि‘ भन्ने नीति लिएको छ ।



    सोही अनुरुप जन्मेदेखि २० वर्षसम्मका छोरीहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने उपमहानगरपालिकाले निर्णय गरेको छ । उपमहानगरको आगामी नीति तथा कार्यक्रममा बालविवाह रोक्नका लागि छोरीहरुलाई भत्ता दिने निर्णय गरेको बताइएको छ । उपमहानगरका प्रमुख घनश्याम पाण्डेका अनुसार जन्मने हरेक छोरीको नाममा बैंकमा खाता खोलिनेछ र त्यहाँ हरेक महीना १०० रुपैँया जम्मा गरिनेछ । २० वर्षसम्म लगातार पैसा जम्मा हुनेछ । २० वर्षअगाडि कसैले विवाह गरेको पाइएमा उक्त पैसा उपमहानगरको खातामा नै जम्मा हुनेछ ।

    नगरप्रमुख पाण्डेले बालविवाहलाई कानूनले रोके पनि व्यवहारमा नरोकिएका कारण बालविवाह न्यूनीकरणका लागि यस्तो कार्यक्रम ल्याउनु परेको बताए । उन यस प्रकारको कार्यक्रम अपेक्षित रुपमा सफल हुने पनि बताए । पमहानगरले लिएको यसखालको नीति तथा कार्यक्रमबारे यहाँका महिला अधिकारकर्मीहरुले खुशी व्यक्त गरेका छन् ।

    उनीहरुले यसलाई व्यवहारमा कार्यान्वयन गर्नका लागि सुझावसमेत दिएका छन् । महिला मानव अधिकार रक्षकहरुको सञ्जाल दाङकी अध्यक्ष सुष्मा गिरीले यो नीति कार्यान्वयन भएमा बालविवाह न्यूनीकरण हुने विश्वास व्यक्त गरे । “यो पैसा दिने कुरा मात्र होइन, छोरीप्रतिको सम्मान हो”, उनले भने , “छोरीप्रतिको दायित्व राज्यले पनि लिएको भन्ने कुरा अभिभावकमा प्रेरेणा जाग्नेछ ।” उपमहानगरले आगामी साउन १ गतेदेखि जन्मने हरेक बालिकाको नाममा बैंक खाता खोलेर यस्तो रकम जम्मा गर्ने भएको छ ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार