Trending
  • उन्नत जातको धानतर्फ पाल्पाका कृषक आकर्षित - Butwal Online

    पाल्पा, २८ जेठ : स्थानीय जातको धानको बीउ लगाउँदै आएका रामपुर नगरपालिका–१ का शेरबहादुर खड्का उन्नत जातका धानको बीउ लगाउँदै छन् ।



    यसभन्दा अघि स्थानीय जातको धानको बीउ प्रयोग गर्ने खड्काले यसैवर्ष देखि उन्नत जात लगाउन शुरु गरेका हुन् । स्थानीय जातको धानबाट मनग्य उत्पादन लिन नसकेपछि खड्काले उन्नत जातको धानको बीउ प्रयोग गर्न थालेका हुन्  उन्नत जातको बीउमा जोड दिएको छु”, उनले भने ।

    गुणस्तरीय बीउ पाइन थालेपछि कृषक विनोद श्रेष्ठ पनि उन्नत जात नै लगाउन थालेको बताए । “बीउ गुणस्तरको नपाइने समस्याले गर्दा जसोतसो बाध्यताले स्थानीय जात नै लगाइन्थ्यो, अहिले उन्नत जातका बीउ गाउँ गाउँमा भित्रिएपछि बीउ खरीदको समस्या हटेको छ”, उनले भने । रामपुर नगरपालिका कृषि शाखाले यसवर्ष पचास प्रतिशत अनुदानमा आधुनिक कृषि खेती कार्यक्रमअन्र्तगत एक कृषि सहकारी, आठ कृषक समूह, ८१ कृषकलाई धानको बीउ वितरण गरिएको शाखा प्रमुख रामहरी पाण्डेयले बताए ।

    शाखाले धान उत्पादन वृद्धि गराउने उद्देश्यले चार हजार नौ सय केजी साबित्री, आठ सय ७५ केजी रामधान र आठ सय ७५ केजी सावा मन्सुली जातको उन्नत बीउ वितरण गरिएको  उनले बताए । रामपुर क्षेत्रमा उन्नत जातको धानको माग बढ्दो रहेको एग्रोभेट सञ्चालकहरु बताउँछन् । कृषकले खाद्यान्न बालीअन्तर्गत धानमा स्थानीय जातको विकल्पमा उन्नत जातको यू यस ३१२ च्यापियन, राजा गोरखनाथ जस्ता बीउको प्रयोग गरेका छन् ।

    पाल्पाको दोस्रो खाद्यान्न बालीका रुपमा रहेको धान बाहिरबाट निर्यात हुने गरिरहेको छ । खेतीयोग्य जमिन घर घडेरीमा परिणत हुन थालेपछि उत्पादन घट्दै गएको कृषि प्राबिधिकहरु बताउँछन् । खेती गरिएको जमीनमा भने उन्नत जातको धान उत्पादन बढ्दो मात्रामा रहेको छ । कृषकहरु उन्नत जाततर्फ आकर्षित हँुदा खेती लगाइएका जमीनमा धान लगाएर प्रशस्त उत्पादन लिन सफल भएका छन् ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार