Trending
  • पाल्पाको मित्यालमा सौर्यऊर्जाबाट पानी तानेर खानेपानीको सुविधा - Butwal Online

    पाल्पा, २८ जेठ : पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ४ मित्यालमा सौर्यऊर्जा मार्फत पानी तानेर खानेपानीको सुविधा उपलब्ध गराइएको छ ।



    एक गाग्री पानीका निम्ति आधा घण्टा हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको छ । प्रदेश नम्बर ५ सरकारको पहलमा गाउँदेखि करीब ६ सय मिटर तलबाट पानी तानिएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाले जिल्लामै पहिलो पटक सौर्य ऊर्जाबाट मित्यालमा खानेपानी योजना सम्पन्न गरेको इञ्जिनीयर मातृका गौतमले बताए ।

    प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदान गरी करीब रु एक करोडको लागतमा खानेपानी योजना सम्पन्न भएको कार्यालयका सबइञ्जिनीयर नारायण अर्यालले बताए ।

    यस वर्ष मुहानबाट पानी तानेर ट्याङ्कीमा जम्मा गर्ने र आगामी आर्थिक वर्षदेखि शुरु गरेर घरघरमै धारा निर्माण गरेर खानेपानी सुविधा उपलब्ध गराइने खानेपानी उपभोक्ता समितिका अध्यक्ष जबरसिं सारुले जानकारी दिए । पियाङ्डी खानेपानी लिफ्टिङ योजना सम्पन्न भएलगत्तै करीब ६५ घरपरिवार लाभान्वित हुनेछन् ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार