बाँदरको आक्रमणबाट पाल्पाको छेर्लुङ्गमा एक महिला गम्भीर घाईते - Butwal Online

पाल्पा,जेठ २८ 

जिल्लाको तानसेन नगरपालिका वडा नम्बर १३ छेर्लुङ्गमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाईते हुनुभएको छ । घर नजिकैको ठुलापोखरा भन्ने स्थानमा खेतमा काम गर्दै गरेको अवस्थामा एक्कासी बाँदरले आक्रमण गर्दा स्थानिय वर्ष ३३ की कमला खरेल गम्भीर घाइते हुनुभएको हो ।

करिब डेढ÷दुई सयको संख्यामा आएको बाँदरको समुहले खेतमा काम गर्दै गरेकी कमललाई आक्रमण गरेको स्थानिय खड्क बहादुर केसीले जानकारी दिनुभयो ।

बाँदरको आक्रमणबाट गम्भीर घाईते भएकी कमलाको दुबै खुट्टामा गहिरो चोट लागेको छ । उनकोे छेर्लुङ्गकै स्वास्थ्य एकाईमा प्राथमिक उपचार गरि घर र्फकिनु भएको छ । घटना मङ्गगलबर बेलेकी पख भएकोले रातको समयमा तानसेन ल्याउन सम्भव नभएकोले घाईते कमलालाई बुधबार विहान मात्रै थप उपचारको लागि तानसेन ल्याउने तयार िभएको छिमेकी केसीले बताउनुभयो ।

यस अघि पनि सोही गाउँमा बाँदरको आक्रमणमा परि दुई महिला घाईते भएका थिए । पछिल्लो समय पाल्पामा बाँदर आंतकका घटना एकपछि अर्की गरि बढीरहेका छन । बाँदरको आंतकले गाउँघरमै बस्नै नसक्ने अवस्था रहेको गुनासो लिएर पटकपटक स्थानिय सरकार देखि प्रदेश सरकारसम्म हारगुहार गर्दा पनि समस्या समधान तर्फ स्थानिय सरकारले चासो नदिएको स्थानियको गुनासो रहेको छ ।

सुनिल कार्की

सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार