नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु - Butwal Online
नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

नवलपरासी, २९ जेठ 

नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ५ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।


आज दिऊसो आएको हावाहुरी सहित पानी परेको बेला बेतहानी बस्ने बर्ष ६५ को झिन्कु लोनिया बैदौली पुलमा संचालित महायज्ञ हेरेर घर फर्कने क्रममा चट्याङ लागेको थियो।

चट्याङ्ग लागेर गम्भिर घाईते भएका लोनियालाई उपचारको लागी शहिद स्मृति सामुदायिक अस्पताल लग्दै गरेको अवस्था मृत्यु भएको शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ ।
मृतकको शवलाई पोस्टमार्टमकोलागी पृथ्वीचन्द्र अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

सहबान अन्सारी

सहबान अन्सारी बुटवल अनलाइनका नवलपरासी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार