‘बन तथा वातावरण सम्बन्धि कार्यक्रम ८० प्रतिसत प्रगति हुने’ - Butwal Online

बुटवल,२९ जेठ 

प्रदेश नं ५ को उद्योग,पर्यटन,बन तथा वातावरण मन्त्रालयद्धारा सञ्चालीत बन तथा वातावरण सम्बन्धि ८० प्रतिसत कार्य प्रगति हुने सो मन्त्रालयले जनाएको छ ।

बुधबार प्रदेशसभाको कृषि बन तथा वातावरण समितिको बैठकमा उपस्थित उद्योग,पर्यटन, बन तथा बातावरण मन्त्रालयका सचिव धनन्जय पौडेलले उक्त कुरा बताएका हुन् ।

बैठकमा सचिव पौडेलले मन्त्रालयले बैशाख महिना सम्म सम्पन्न गरेका कार्यक्रम,असार मसान्त सम्म सम्पन्न हुने कार्यक्रमको प्रगति तथा प्रदेशका १२ वटै जिल्लाको बन जंगल,जडीबुटी,जलाधार,बैज्ञानिक बन व्यवस्थापन सम्बन्धि कार्यक्रमबारे समितिलाई जानकारी गराएको समितिका सचिव मनोजकुमार पाण्डेयले जानकारी दिए ।

समितिका सभापति बिजय बहादुर यादवको सभापतित्वमा सम्पन्न बैठकमा समितिका सदस्य चेतनारायण आचार्य,रमा घर्ती,धमकली चौधरीले मन्त्रालयको प्रगति बिबरण बारे जिज्ञासा राखेका थिए ।

मन्त्रालयले गरेका काम कार्यबाहीबारे जानकारी गराउन समितिले मन्त्रालयलाई बैठकमा बोलाएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार