Trending
  • अन्तर मावि फुटसलको तयारी पुरा - Butwal Online
    अन्तर मावि फुटसलको तयारी पुरा

    बुटवल, २९ जेठ
    मदन भण्डारी स्पोर्टस एकेडेमी तिलोत्तमा नगर कमिटिको आयोजनामा मदन भण्डारी प्रथम जिल्ला स्तरिय अन्तर मावि फुटसल प्रतियोगिता हुने भएको छ ।



    विद्यालयस्तरबाट खेलाडी उत्पादनको लक्ष्यसहित जेठ ३१ र ३२ गते दुई दिन प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन गरि एकेडेमीका अध्यक्ष मिलन रानाले बताए ।

    प्रतियोगितामा उपाधि विजेता टिमले नगद १५ हजार, उपविजेता टिमले नगद १० हजारसहित कप, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने छ । सेमीफाईनलमा पुग्ने दुई टिमले नगद ५–५ हजार, प्रमणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि हाई स्कोरर, बेष्ट डिफेन्स, बेष्ट गोलकिपरसहित विद्यागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुुरस्कृत गरिने उनले बताए ।

    तिलोत्तमा नगरपालिका वडा नं. ५ स्थित युनिक फुटसलमा हुने प्रतियोगितामा रुपन्देहीका २१ वटा नीजि तथा सामुदायिक विद्यालयहरुले भाग लिने भएको छन ।
    कार्यक्रममा नगर उपाध्यक्ष गोबिन्द रेग्मी, मदन भण्डारी एकेडेमी प्रवास ईन्चार्ज तथा केन्द्रिय सदस्य गोपाल थापा, एबिसि एजुकेशनका निरज गौतमले खेलाडी उत्पादनको मुख्य आधारका रुपमा प्रतियोगिता रहेको बताए ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार