Trending
  • समाचारमा लैङ्गिक संवेदनशिलता हुनुपर्नेमा जोड - Butwal Online
    समाचारमा लैङ्गिक संवेदनशिलता हुनुपर्नेमा जोड
  • संबेदनशिलताको बिषय साझा भएकाले महिला र पुरुष दुबैको हातेमालो जरुरी
  • बुटवल, जेठ २९ गते । प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालयलको आयोजनामा लैङ्गिक हिंसा तथा सामाजिक कुरितीको अवस्था र समाचार लेखनमा लैङ्गिक संवेदनशिलता बिषयक १ दिने प्रदेश स्तरीय अन्तरक्रियामा कार्यक्रम आज बुटवलमा सम्पन्न भएको छ ।



    कार्यक्रममा बोल्ने सहभागीहरुलेसमाचार लेख्दा लैङ्गिक संवेदनशिल भएर लेख्नुपर्नेमा जोड दिएका छन् । लेङिगक संवेदनशिलता भन्ने बित्तिकै महिलाको मात्रै समस्या हो भन्ने परम्परागत बुझाई भ्रम रहेको भन्दैलेङ्गिक हिंसा मुतm समाज निर्माणमा महिला र पुरुष एक जुट भएर लाग्नुपर्ने उनीहरुको भनाई छ ।

    प्रदेश नं. ५ का १२ वटै जिल्लाका पत्रकारहरुको सक्रिय सहभागितारहेको कार्यक्रममा बोल्दै सञ्चारकर्मीहरुले प्रदेश सरकारले बनाएका निति, नियम, कानुन ,बिकास निर्माणका कामहरु ,महिला सशतmीकरण, लगायतका संबेदनशिल बिषयमा कुन ठाउको आवश्यकता के हो रु आवश्यकताका आधारमा कार्यक्रमहरु निर्धारण गर्न सुभाव दिए ।

    प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख शारदा बस्यालले व्यक्तिगत भन्दा पनि संस्थागत सहकार्यका लागि सम्बन्ध विस्तार होस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइन् । उनले प्रदेश सरकारले राज्यका हरेक तह र क्षेत्रले लैगिक समानता सम्बन्धी क्षेत्रगत नीति तथा कार्यक्रमको आधारमा काम गरिरहेको बताइन् । राज्यका सबै तहका सरकारमा लैङ्गिक उत्तरदायी शासन पद्धतिलाई अवलम्बन गर्ने, राज्यका सबै तहको सरकारमा लैङ्गिक उत्तरदायी बजेट विनियोजन पद्धतिलाई संस्थागत गर्ने, लैङ्गिक समानता तथा सशक्तिकरण मापन गर्ने , तथ्यांक प्रणालीको विकास गर्ने र आर्थिक रुपले विपन्न र सामाजिक रुपमा पछाडी परेका महिलालाई विशेष प्राथमिकता दिनुपर्ने बताईन ।

    आर्थिक सशक्तिकरण र सामाजिक रुपान्तरण गर्ने जस्ता रणनीति योजना बनाएर अगाडी बढने उनको भनाई छ । बस्यालेले घरेलु हिंसा मुक्त प्रदेश बनाउनका लागि प्रदेश सरकारले सरकारी तथा गैरसरकारी संघसंस्थासँग सहकार्य गरेर अगाडी बढ्ने बताइन् । उनले देश संघिय संरचनामा गईसकेपछि सामाजिक मन्त्रालयमा रहेको सामाजिक महाशाखाले गर्ने कामको बारेमा जानकारी गराएकी थिइन ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं.५ का उपाध्यक्ष भरत केसीले समाचारमा लैङ्गिक संवेदनशिलता र प्रदेश पत्रकार महासंघको भूमिका विषयमा आधारपत्र प्रस्तुत गरेका थिए ।

    उनले समाचार लेख्दा लैङ्गिक संवेदनशिलतामा रहेर रिपोटिङ गर्न पत्रकारहरुलाई आग्रह गरे । पत्रकारहरुले समाचार लेख्दा बलात्कार, यौनजन्य हिंसा र मानव बेचविखन तथा ओसार पसारका विषयमा पीडितको गोपनीयतालाई ध्यान दिएर समाचार लेख्नका लागि पत्रकारहरुलाई आग्रह गरे । उनले पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नका लागि प्रदेश सरकारले नेपाल पत्रकार महासंघसँग सहकार्य गरेर दक्ष बनाउने विषयमा ध्यान दिन आग्रह गरे । केसीले संचारकर्मीहरुले दिएका समाचारको आधारमा समाजले बिभिन्न धारणा बनाउने भएकोले समाचार लेख्दा सही र तथ्यमा रहेरसमाचार लेख्नुपर्ने बताए ।

    संचारिका समूह प्रदेश नं ५ का महासचिव अमृता अनमोलले लैङ्गिक हिंसा र लैङ्गिकताका सवालहरुलाई मिडियाले समाचार कसरी लेखिरहेका छन् । के लेख्नुपथ्र्यो ? लैङ्गिक र लैङ्गिकताका विषयमा समाचारलाई कत्तिको प्राथमिकता दिएको छ सो विषयमा ध्यान दिनुपर्ने बताइन् । उनले लैङिगक संबेदनशिलताको बिषय साझा बिषय भएकाले यस्ता बिषयका महिला र पुरुष दुबै हातेमालो जरुरी रहेको बताइन । कार्यक्रम सामाजिक बिकाश मन्त्रालयका निमित्त सचिव सुर्य प्रसाद भुषालको अध्यक्षता,मन्त्रालयका सामाजिक शाखाका शारदा भट्टराईको सञ्चालनमा सम्पन्नभएको थियो ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार