Trending
  • घरमा परेको चट्याङबाट बाँकेको भीषण आगलागी, ३९ घरगोठ जले - Butwal Online

    नेपालगन्ज, २९ जेष्ठ । बाँकेको डुडुवा गाउँपालिका–१ छोट्की चौफेरीमा आज भीषण आगलागी भएको छ । आगलागीबाट ३९ वटा घरगोठ जलेर नष्ट भएको छ ।



    फाइल तस्बिर

    विहान सवा १० बजेतिर रामखेलाउन यादवको घरमा परेको चट्याङबाट आगलागी भएको बाँकेका डिएसपी प्रकाश सापकोटाले जानकारी दिय । चट्याङ लागेर यादवकी १६ बर्षीया छोरी नन्कु गम्भीर घाइते भएका छन् । फुसले छाएका घर र तीब्रगतिमा चलेको हावाहुरीका कारण आगोले छोट्की चौफेरीका सबै घरगोठ जलेका छन् ।

    आगलागीबाट मानविय क्षती नभएपनि अन्नपात, भाडावर्तन, लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीबाट करिव ४० लाखको नोक्सानी भएको प्रहरीले जनाएको छ । सबै घरगोठ जलेपछि आगो आफै नियन्त्रणमा आएको स्थानीयले बताए ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार