Trending
  • पाल्पालको रामपुरमा प्रहरी कार्यालय भवनको उद्घाटन - Butwal Online

    बेझाड, २९ जेठ : पाल्पालको रामपुर नगरपािलका केलादीमा निर्मित प्रहरीचौकी भवनको प्रदेश नं ५ प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले आज उद्घाटन गरेका छन् ।



    उहाँले प्रविधिले फड्को मारिरहेको अवस्थामा प्रहरीले पनि आफ्ना सेवालाई प्रविधिमैत्री बनाउनु आवश्यक रहेको बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले नगरको बढ्दो शहरीकरणसँगै हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरण तथा शान्ति सुव्यवस्थाका लागि प्रहरीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले प्रभावकारी अपराध अनुसन्धान र नियन्त्रण गरी मानव अधिकारको रक्षामा प्रतिबद्ध भई प्रहरी नागरिक केन्द्रित हुनुपर्ने बताए ।

    नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्माण अन्तर्गत एक करोड आठ लाख ३५ हजार ९१६ रुपैयाँमा निर्माण सम्पन्न भएको नेपाल प्रहरी प्राविधिक सहायता समूहका प्रमुख प्रहरी निरीक्षक सुमन दाहालले जानकारी दिए ।

    आरसीसी अवधारणा अनुसार दुईतले कार्यालय भवन, एकतले भान्सा घर, बाथरुम, शौचालय, प्रतिक्षालय, पार्किङ्स्थल र गार्डपोष्ट पनि निर्माण भएको छ ।

    रासस

    बुटवल अनलाइन रासस को ग्राहक हो

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार