बुटवल वडा नम्बर ४ मा करोड लागतमा किरियापुत्री भवन बन्ने - Butwal Online

बुटवल, २९ जेठ 
बुटवल उप–महानरपालिका वडा नम्बर ४ दुरसञ्चार प्राधिकरण पछाडी (विश्वहिन्दुमहासं नजिकै) श्रीराम किरिया पुत्री भवन शिलन्यास गरिएको छ । बुधवार एक कार्यक्रमको आयोजना बुटवल वडा नम्बर ४ का अध्यक्ष टंक प्रसाद पराजुलीले भवनको शिलन्यास गरेका हुन ।


सोही कार्यक्रममा सोही विशिष्ठ अतिथि कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष तेज बहादुर सुनारले समेत आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । किरिया पुत्री भवन निर्माण समितिका सदस्य अरुण कुमार श्रेष्ठका अनुसार अवको एक बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।


कार्यक्रममा स्वागत मन्तव्य अरुण कुमार श्रेष्ठले राखेका थिए भने सञ्चालन संस्थाकी सचिव सचिव पार्वती ज्ञवालीले गरेकी थिईन् ।
कार्यक्रममा भवन निर्माण समितिका संयोजक नरिश्वर पौडेलले ले जग्गा उपलब्ध गराउन सहयोग गरेकोमा वडा नम्बर ४ का अध्यक्ष टंक प्रसाद पराजुली लगायतको का जनप्रतिनधिहरुलाई आभार व्यक्त गरेका थिए ।

समाज सेवी महेश्वर प्रसाद श्रेष्ठ, समाज सेवी कमल मालपानी, चुन्नु प्रसाद शर्मा पौडेल, निर्मल लाकौल, महेशमान सिंह, अनुपमान शैंजु, चिन्तामणी पाण्डे, राजकुमार अमात्य, कर्णकुमारी हेंजु, रामेश्वर श्रेष्ठ, अर्जुन रानाभाट, बुद्धि प्रसाद पाण्डे, जीवन प्रसाद ओझा, मान बहादुर विश्वकर्मा, अरुण कुमार श्रेष्ठ, भक्त बस्नेत लगायतले भवन निर्माणामा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।


किरियापुत्री भवन शिलन्यास कार्यक्रममा समाजसेवी महेश्वर प्रसाद श्रेष्ठ, चुन्नु प्रसाद शर्मा पौडेल, निर्मल लाकौल, बुद्धि प्रसाद पाण्डे, अर्जुन रानाभाट लागयतले आ आफ्नो भनाई राखेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार