रब्दीकोटाको निशुल्क स्वास्थ्य शिविरमा ३०४ जनाले सेवा लिए, गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानिय खुशी - Butwal Online

जेष्ठ २९ पाल्पा

जिल्लाको रिब्दीकोट गाउँपालिका ८ सोमहरमा सञ्चालित निशुल्क स्वास्थ्य शिविरबाट ३०४ जनाले सेवा लिएका छन । लायन्स क्लव अफ सैनामैना रुपन्देहीको आयोजना तथा रिब्दीकोट गाउँ पालिकाको आर्थिक सहयोगमा एक दिने स्त्री तथा प्रसुति रोग,दन्त रोग तथा सामान्य चिकित्सा रोगका बिरामीहरुको स्वास्थ्य प्ररिक्षण तथा निशुलक औषधी प्रदान गरिएको थियो ।

शिविर गाउँमा आउने थाहा पाए पछि आफ्नो स्वाथ्य परिक्षण गर्न आएका ९४ वर्षका भक्त बहादुर लाम्टाङेले बुढेशकालमा यसरी गाउ आएर सेवा दिने सस्थाको जय जय कार गदै गाउँमा बस्ने गरिव र दिनदुखी हरुको लागी स्थानीय सरकारले सेवा दिएको अनुभुती सुनाउनु भयो । लुम्बीनी मेडिकल कलेज प्रभासको प्राबिधिक सहयोग लिएर ग्रामणी भेगका जनताहरु लाई घरदैलोमै सेवा उपलब्ध गराउने उद्धेश्य राखेर शिविर सन्चालन गरिएको वडा अध्यक्ष नारायण बहादुर लाम्टाङेले बताउनुभयो ।

शिविरको उद्घाट गर्न पुगेका गाउँपालिका अध्यक्ष नारायण बहादुर जिशि,प्रशासकिय प्रमुख ऋषिराम आर्याल ,आयोजक टिमका संयोजक कृष्ण बहादुर कुवँर स्थानीय जनप्रतिनिधि र समाजसेवी लगाएतले बेला बेलामा ग्रामिण स्तरमा यस्ता खाले शिविरले बृद्धबृद्धाहरुको स्वास्थ चेकजाच गर्न सहज हुने र मंहगो गाडी भाडा तिरेर अस्पताल जान नपर्ने बताउनुभएको थियो ।

शिविरमा सोमहर फेक मैनादी डबका,पालुङ लगाएतका गाउँबाट सेवा लिन आएका थिय ।शिविर सोमहर आधारभुत बिधालयमा सन्चालन भएको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार