वेष्टर्न डेभलपमेन्ट बैंकको शाखा बहादुरगंजमा - Butwal Online
वेष्टर्न डेभलपमेन्ट बैंकको शाखा बहादुरगंजमा

कपिलवस्तु,२९ जेठ 
कपिलवस्तुको बहादुरगंजमा वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेड आज देखी सञ्चालनमा आएको छ । बहादुरगंजवासीको समस्यालाई मध्यनजर गर्दै बैक खोलिएको बहादुरगंज शाखा प्रमुख बाबुराम खनालले जानकारी दिनु भयो ।

स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्नका विस्तार गरिएको खनालले बताउनु भयो । बैक स्थापन भएपछी बहादुरगंजका वासिन्दा खुसी भएका छन ।

बहादुरगंज आसपासका ग्राहकवर्गहरुलाई सहज वित्तीय पहुचका साथै स्थानिय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग सुमधुर, प्रगाढ र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न सकारात्मक भुमिका खेल्नका लागि बैक स्थापन गरिएको हो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार