कपिलवस्तुको बाणगंगामा ट्रकको ठक्करबाट २ जना गम्भिर घाइते - Butwal Online
कपिलवस्तुको बाणगंगामा ट्रकको ठक्करबाट २ जना गम्भिर घाइते

कपिलवस्तु, २९ जेठ 

कपिलवस्तुको बाणगंगामा ट्रकले मोटरसाइकलाई ठक्कर दिएको छ । वडा नम्बर ७ मा पर्ने कोइलीपुलनेर पूवबार्ट पश्चिम तर्फ गइरहेको ना ३ ख २१ ७५ नम्बरको ट्रकले विपरित दिशामा रहेको लु ३६ प १८८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जना गम्भिर घाइते भएका हुन् ।

उनीहरुको नाम र ठेगाना अझै खुलेको छैन । घाइते दुवै जना पुरुष रहेका छन् । घाइतेहरुको टाउको र छातीमा गम्भिर चोट छ । उनीहरुलाई उपचारको लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

ट्रकको गति तीव्र रहेका कारण अनियन्त्रित भएर मोटरसाइकलाई ठक्कर दिन पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । ट्रकको ठक्करबाट मोटरसाइकल उछिट्टिएर सडकबाट गएको छ ।

यता ठक्कर दिने ट्रकका चालक भने फरार छन् । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । दिउसो करिब साढे २ बजेतिर दुर्घटना भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।अहिले घटनास्थलमा मानिसहरुके भीँड रहेको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार