अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले हरायो, डेविड वार्नरले जोडे शतक - Butwal Online

बुटवल, ३० जेठ

आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बुधबार भएको खेलमा पाकिस्तान अष्ट्रेलियासँग ४१ रनले पराजित भएको छ

अष्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निकै खराब सुरुवात गर्यो पाकिस्तानले दुई रनमा पहिलो विकेट गुमायो । उसका ओपनर फकर जमान खाता खोल्न नपाउँदै आउट भए ।

तर दोस्रो विकेटका लागि इमाम उल हक र बाबर आजमबीच अर्धशतकीय पारीको साझेदारी भएको थियो । जसमा अजाम ३० रनमा आउट भए । तेस्रो विकेटका लागि इमाम र मोहम्मद हफिजबीच पनि ८० रनको साझेदारी हुँदा पाकिस्तान सम्हालिन खोजेको थियो । तर इमाम ५३ रनमा आउट भएपछि पाकिस्तानले तेस्रो विकेट खेर फाल्यो ।

लगत्तै मोहम्मद हफिज ४६ रनमा आउट भएपछि पाकिस्तानको एक सय ४६ रनमा चौथो विकेट गयो । तर त्यसपछि सोयब मलिकले खाता खोल्न नसक्दा र आसिफ अली ५ रनमा आउट भएपछि पाकिस्तानले दुई सय रन बनाउदा सात विकेट गुमायो । उसका हसन ली ३२ रनमा पेभेलियन फर्किए ।

बलिङमा अष्ट्रेलियाका प्याट कुमिन्सले तीन तथा मिचेल स्टार्क र रिचार्डसनले दुई दुई विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर ३०७ रन बनाएको थियो । उसको सुरुवात राम्रो रह्यो कप्तान आरोन फिन्च र डेभिड वार्नरले उत्कृष्ट प्रदर्शन गर्दै १४६ रनको साझेदारी गरे । तर अरु चल्न सकेनन् ।

उसका लागि वार्नरले शतक बनाए । उनले १११ बलमा ११ चौका र एक छक्काको मद्दतमा १०७ रन बनाए । कप्तान एरोन फिन्च ८२ रनमा आउट भए । ग्लेन म्याक्सवेल २० रनमा आउट हुँदा स्टिभ स्मिथ १० रनमा आउट भए ।

बलिङमा मोहम्मद आमीरले ५ विकेट लिन सफल भए भने साहिन साह अफ्रिदीले दुई विकेट हात पारे ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार